आज राष्ट्रिय धान दिवस, रोपाईसँगै दही च्यूराको रौनक

१५ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
87 Shares


काठमाडौं/प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन छ । आजको दिन युवायुवती हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन समेत गर्छन्। कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन्।यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन्।२०६१ मंसिर २९ मा मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।काठमाडौं प्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाज लघुवित्त तत्काल कारोबारमा नआउने, मर्जरमा जाने
  • केन्द्रिय कारागारमा एक कैदिको शंकास्पद मृत्यु
  • आईपीएल २०२० : राजस्थान राेयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै
  • त्रिविबाट नेविसंघ कार्यकर्ता पक्राउ
  • गुल्मीको राताडांडामा पहीरो जादा २ जना बेपत्ता
  • आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नदिने सरकारको निर्णय
  • भोलिदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालन गर्ने
  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…