कञ्चनका २० कृषकहरुलाई अनुदानमा हाते टेक्टर प्रदान

प्रकाशित मिति:

कञ्चन/जगिलाल थापा-कञ्चन गाउपालिकाले कञ्चन गाउपालिकाका २० जना कृषकहरुलाई ८० प्रतिशत अनुदानमा हाते टेक्टर प्रदान गरेको छ । मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत कञ्चन गाउपालिकाको ५ वटै वडाका कृषकहरुलाई आवेदनका आधारमा छनौट गरी २० जनालाई सो हाते टेक्टर प्रदान गरिएको कञ्चन गाउपालिका कृषि शाखाका प्राबिधिक राम प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।

मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत किसानहरुलाई कृषि हाते टेक्टर प्रदान गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण गर्नको लागि बितरण गरिएको हाते टेक्टरको उचित रुपमा सदुपयोग हुने र यसबाट लिन सकिने फाइदा अन्य किसानहरुमा संचार गर्न सके यान्त्रीकरणको उपलब्धी हुने बताउनु भएको छ। कञ्चनको कृषि पद्धतीलाई अझ प्रभावकारी र ब्यबस्थित रुपमा बनाउन आगामी बर्ष कृषि क्षेत्रमा बिशेष बजेटको ब्यबस्था गरिएको बताउदै आगामी बर्ष देखि युवाहरुलाई कृषिमा आकर्षित गर्न र कृषिमा युवाहरुलाई आत्म निर्भर गर्न गराउन भौतिक पुर्वाधारको योजनालाई कम गरेर कृषिमा प्राथमिकता दिई बजेट ल्याएको उल्लेख गर्नु भएको छ ।

यस्तै उपाध्यक्ष गोमा तरामुले कञ्चनको कृषि प्रणाली बिस्तारै यान्त्रीकरण हुदै गैरहेको र आफुले अनुदानमा प्राप्त गरेको सुबिधालाई सहिरुपमा सदुपयोग गर्न आग्रह गर्दै कञ्चनको समृद्धि कञ्चनमा उत्पादन हुने कृषिजन्य उत्पादनहरुबाट हुने भएकोले हरेक युवाहरु कृषिमा लाग्नु पर्नोमा जोड दिनु भएका छ। बैदेशिक रोजगारमा बिदेश गएका तर कोभिड १९ बाट प्रभाबित भई रोजगार गुमाई घर फर्किएका हरेक युवाहरुलाई कृषिमा आकर्षित गराउन कञ्चन गाउपालिकाले कृषिमा अनुदान सहितको बजेट ल्याएको उपाध्यक्ष तरामुले बताउनु भएको छ ।कञ्चन गाउपालिका वार्ड नं। १ का वडा अध्यक्ष हरि नारायण थारुको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन कृषि शाखा प्रमुख मगरेपाल गडरियाले गर्नु भएको थियो भने कृषि प्राबिधिक राम प्रसाद अधिकारीले सहजीकरण गर्नु भएको थियो ।