दाङ पुग्यो सलह किराको झुण्ड

१५ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


दाङ/ भारत हुँदै नेपाल प्रवेश गरेको सलह किराको झुण्ड दाङ पनि देखिएको छ ।दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेका हुन् । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालकाअनुसार खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति पुर्‍याएको छैन ।

स्थानीयले धेरै संख्यामा फट्यांग्रा उडेको देखेपछि कृषि ज्ञान केन्द्र दाङको टोलीलाई खबर गरेको र उक्त फट्यांग्रा सलह नै भएको नेपाल कषि अनुसन्धान परिषद नार्क ले पुष्टि गरेको हो ।ती सलह किरा कपिलवस्तु हुँदै दाङसम्म आइपुगेको अनुमान गरिएको छ ।तराईका जिल्लामा शनिबार दिउँसो पहिलो पटक देखा परेका सलहका बथान एकै दिनमा भित्री मधेश र पहाडका केही जिल्लाहरुमा फैलिसकेको छ ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया