सैनामैनामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल असार १५ । रुपन्देहीको सैनामैनामा सोमवार दिउंसो २ बजे सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना वडा ८ शान्तिटोलमा दुर्घटना भएको हो ।

पश्चिमबाट बुटवल तर्फ आउंदैै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरित दिशाबाट जांदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार सैनामैना वडा १ , बनकट्टाका ३० वर्षीय सन्तोष परियार र मोटरसाइकलमा सवार उनका बुवा ५० वर्षिय टेक बहादुर परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोरले बताए ।

सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान रहेका थिए ।कार र चालक इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।