बुटवलको कोरोना विशेष अस्पतालबाट आज ७ संक्रमित डिस्चार्ज भएर घर फर्के

प्रकाशित मिति:

बुटवल असार १५ । बुटवलको कोरोना विशेष अस्पतालबाट सोमवार ७ संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् । तीमध्ये ३ जना आईसियु र अन्य ४ आइसोलेसनका रहेको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए ।

घर जानेमा कोरोना विशेष अस्पतालबाट रिफर भई आएका दाङका मधुमेह र निमोनिया समेत देखिएका बिरामी सहित दाङका अर्का १ जना, रुपन्देहीका १, गुल्मीका १, नवलपरासीका २, र कपिलवस्तुका १ जना पुरुष रहेको डा थापाले बताए ।

अहिले अस्पतालको आइसियुमा २ र आइसोलेसनमा ८ बिरामी उपचाररत रहेको डा थापाले जनाए । यी बिरामी सिम्टोमेटिक हुन् । तर आइसियुमा रहेका बाहेकमा गम्भिर लक्षण देखिएको छैन । घर पठाइएका बिरामीलाई सेल्फ क्वारेन्टँईनमा बस्न र स्वास्थ्यका नियम पालना गर्न भनिएको उनले बताए ।