लकडाउन चुनौति कि अवसर ?

प्रकाशित मिति:

अभिषेक गिरी – सन् २०१९ डिसेम्बर ३१ को दिन चिनको वुहान प्रान्त सुरु भएको कोभिड- १९ कोरोना नामक भाइरसले हाल बिश्वका हरेक देशमा यसले प्रत्येक्ष रुपमा प्रतिकुल प्रभाव पारेको छ । कोरोनाको कारणले गर्दा अहिले पुरै बिश्वको राजनीति, अर्थतन्त्र, खेलकुद, व्यापार व्यावसाय तथा अन्य क्षेत्रमा यसले अत्यन्तै प्रभाव पारेको छ । बिश्वको अर्थतन्त्र समेत धरासायी बन्दै गयको अबस्था छ । कोरोनाबाट सङक्रमीत हुनेको संख्या बिश्वमा ज्यामितिय ढंगबाट बढेको देख्न सकिन्छ भने निको हुनेको संख्या अंकगणितिय हिसाबमै सिमित हुनु परेको छ तथा मृत्यु हुनेको दर पनि तिव्र रूपले बढिरहेको छ ।

बढ्दै गईरहेको कोरोनाको संकमणलाई दृष्टिगत गदै विश्वका सबैजसो मुलुकले आफ्नो देशमा लकडाउन कडाईका साथ परिपालना गरेका छन् । यस्तो अवस्थामा नागरिकहरू घरमै बसि लकडाउनको पालना गर्नु पर्ने भएकोले हाम्रो जस्तो गरिबिको चपेटामा परेका देशमा नागरिकहरू जस्ले बिहान श्रम गरि बेलुकाको गुजारा चलाउ छ्न्, यस समयमा आयस्रोत ठप्प हुंदा तिनिहरूलाई आफ्नो जिविकापार्जनको लागि अत्यन्त कठिनाईको अवस्था सिर्जना भएको छ भलै धनी देशका नागरिकहरूलाई भने यस्तो अवस्थाको सामना गर्नुपर्ने नहोला । येस्तो अवस्थाको कारणले गर्दा आफ्नो परिवारको छाक टार्न नसक्दा मानिसहरूले आफ्नो ज्यान गुमाउन परेको छ भने कतै भोकमरिको कारणले गर्दा मर्नु पर्ने बाध्यता रहेको छ ।

नेपालजस्तो गरिब देशमा विकसित राष्ट्रिले दिएको अनुदानमा आएको रकममा तथा एऋच् खरिदमा समेत अत्यन्तै भ्रष्टाचारको अवस्था रहेको छ। जसले गर्दा अहिले अस्पतालमा परिक्षणा किटको अभाव रहेको छ । जसका कारण जनतामा उचित र उपयुुक्त उपचार नहुदा जनताले आफ्नो जीवन अकालमै गुमाउनु परेको अवस्था रहेको छ । साना तथा घरेलु व्यावसायी जसले बैंकबाट किस्तामा रकम निकाली आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउदथे त्यस्ता व्यत्तिलाई बैंकको ऋण तिर्न धौ धौ रहेको छ भने ठूला व्यापारीलाई त झन् ठुलो कठिनाईको स्थितिको अवस्था सिर्जना हुने भयो नै । यसका साथै समाजमा सामाजिक अपराधिक क्यिाकलाय दिनहुँ बढ्दै गईरहेको अवस्था छ । दिनदहाडै चोरी हुनु, हत्या हिंसा जस्ता क्यिाकलाय हुनु आफ्नै परिवारको सदस्यहरूबाट नै बलत्कारको अवस्था सिर्जना हुनुको कारणले गर्दा समाजमा मानवता माथि नै प्रश्नचिन्ह खडा भएको छ । यो लकडाउनको अवस्थालाई मानिसहरूले उचित प्रयोग गर्न नसक्दा धेरै मानिसहरू डिप्रेसनका शिकार समेत हुन पुगेका छन् । आय स्रोत कम भएका व्यत्तिलाई विशेष प्राथमिकता दिई नेपाल सरकारले स्थानीय तहद्वारा त्यस्ता व्यत्तिलाई राहत बाँड्ने कार्यक्रम ल्यायो तर केही स्थानीय तह बाहेक अन्य अधिकांश तहले सडेगलेका, माटिएका खाद्यान्न जनतामाझ वितरण गर्दा त्यसता अजिव हर्कतले नागरिकको स्वास्थय माथि नै चुनौति आएको छ ।

घरमा भएको खाद्यान्न सकिदा अन्य खाद्यान्न खरिद गर्न नसक्दा कतिपयले या त नराम्रो बाटो अपनाउनु परेको छ भने या त मृत्यु । भोकले गर्दा छटपटाएर मृत्यु भएको ब्यक्तिको घरमा मृत्युको भोलिपल्ट चामलको ल्याउनेको ताँती भन्दा मानवता माथि कुरीकुरीको अवस्था रहेको छ । बढ्दै गईरहेको कोरोनाको सँक्रमण तथा उचित औषधी पत्ता लगाउन नसक्दा बिश्वका ठुलाठुला राजनीतिज्ञ, खेलाडी, व्यापारीले ज्यान गुमाएको समाचार हाल दिनहुँ जसो सञ्चारका माध्यमबाट प्रसारण भई रहेका छन् ।

हरेक चुनौतीसँग अवसर पनि आउँछ । भने जस्तै कोरोना आफैमा एक ठुलो महामारी भय तापनि यस्तो महामारीमा घरमा बसेको अवस्थालाई हामिले सही सदुपयोग गर्न सकेको खण्डमा हामीले धेरै प्रगति गर्न सक्छौ । जागिरको व्यस्तताले गर्दा आफ्नै परिवारलाई समय दिन नसक्ने ब्यक्तिका लागि परिवारसँग घुलमिल हुने यो एउटा सुनौलो अवसर हो भने विद्यार्थीका लागि आफ्नो कमजोरी औल्याइ सुधार गर्ने, सँगितमा अभिरुचि हुनेलाई सँगित सिक्ने, नृत्यमा रुचि हुनेलाई नृत्य सिक्ने, नयाँ व्यापार व्यावसाय गर्छु भन्ने उद्वमीलाई उचित योजना बनाउने, साहित्यमा चासो राख्ने ब्यक्तिलाई आरम्भ गर्ने तथा केही गर्छु भन्ने मानिसलाई यो एउटा सुनौलो अवसर पनि हो ।

मानिसहरूले लकडाउनको फुर्सदिलो समय पास गर्न समाजमा बसी होहल्ला गर्ने, जुवातास खेल्ने, जाँड रक्सी खाने जस्ता कारणले आफ्नो अमुल्य समय बर्बाद गरि रहेका छन् । यस समयको भरपुर प्रयोग गर्ने हो भने त्यस्ता ब्यक्तिका लागि यो समय अविस्मरणीय क्षण बन्दछ । इतिहासको पानामा सुनौला अक्षरले आफ्नो नाम लेखाउन खोज्नेलाई यो समयले महत्वपुर्ण योगदान गर्न सक्दछ । यसकारणले अब एक पटक सोचौ अझै पनि ढिला भएको छैन् , कि यो समयको प्रयोग गरि युगान्तकारी छलाङ मार्दै समाजमा प्रेरणाको पात्र बन्ने कि पशुसरहको हर्कत देखाई समाजमा आफू नीच हुने रु अब यो समयलाई कसरी प्रयोग गर्ने अब तपाईको हातमा छ अवसर वा चुनौती ?  अभिषेक गिरी
सिन्धुपाल्चोक, मेलम्ची   चक्रवर्ती ल कलेजमा अध्ययनरत बिद्यार्थी