के जात रे : कालो छ कि गोरो ?

१५ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
126 Shares


भरत खत्री – रात्री कालिन जागिर सकेर आफ्नो डेरा तिर फर्कदै थिए । हालसालै नेपालमा कोरोनाले उग्ररूप लिन थालेपछि, समाचारलाई माथिल्लो घेरामा राखेर अध्ययन गर्ने गर्छु । सदै जसो फ्लानो देशमा हालसम्मको सबैभन्दा धेरै संक्रमित, यति जनाको मृत्यु, यति जना ठिक भएर घर फर्किए । यस्तै यस्तै समाचार आउदै गर्दा पछिल्लो क्रममा नेपालमा समाचारको नयाँ टोपिक बन्यो । टोपिक निकै नै अप्रिय भए पनि बोल्नु पर्ने थियो । रुकुममा जातीय मुद्दामा लिएर मानबको क्षति भयो । जुन नेपाली समाजको लागि निकै घातक र क्षतिपूर्ण छ । नेपालको समाचार चिसो हुन नपाउदै फेरि विश्व जगतलाइ उथलपुथल पार्ने समाचार आयो । समाचार अमेरिकाको थियो । मानबको रङलाइ लिएर भएको यो बहस अमेरिका सामु निकै घातकपूर्ण साबित भयो । एक अस्वेत नागरिकको मृत्युले विश्वमा फेरि आतंक फैलियो । बिहानको तीन बज्दै थियो।।। ट्विटर खोलेर नेपाली बिबिसी नेपाली सेवामा गए, समाचार आएको रहेछ । अमेरिकामा भइ रहेको घटना बारे चिनियाँ कुटनैतिकहरुको विश्लेषण र चीन शक्तिशाली देश भएको दाबी गरेका रहेछन् ।

अहिलेसम्म विश्वमा असंख्य रुपमा युद्ध र विचारहरुको क्रान्ति भए, यी सबैको पछाडी एउटा पुरानो परम्परालाई ढालेर नयाँ परम्परा बसाउनु थियो । जातीयता र रङको बिषय नयाँ भने पक्कै हैन, यसको लागि हजारौं मानवीय क्षति भएको छ । मार्टिन लुथर किङ्ले मानिसको रङको लागि गरेको भाषण अहिले पनि विश्व सामु उतिकै लोकप्रिय् छ । पृथ्वीनारायण शाहले नेपाल चार जात छतिस वर्णको देश हो भनेका थिए, यो पनि अहिले सम्म उतिकै प्रिय् छ । चाहे नेपालको जहानीय राणा शासनको विरुद्धमा होस् वा रसियामा पुजीवादीको विरुद्धमा लेलिनले गरेको क्रान्ति, सबैमा कताकता एकै किसिमको गन्ध आए झैं लाग्छ । पुस्ता फेरिदै गए पनि विचार भने फेरिन सकेका छैनन् । विश्वमा हर देशका नेताहरुले प्रायः आफ्नो भाषणमा भन्ने गर्छन । जात छन् त मात्र दुई वटा । अज स्कुल तथा विश्व बिद्यालयमा मान्छेको जात दुइवटा हुन्छन् भनेर सिकाइन्छ ।

महिला अनि पुरुष, यहाँ भनाइ र गराइमा आकाश अनि पातालको अंतर भेटाउन सक्छौं । बाहिर बस्ने नेपाली जस्ले सिङ्गो देशको प्रतिनिधित्व गर्छ ।एकजना नेपाली . नेपाल राष्ट्र हुन्छ ।भन्नुको मतलब एकजना नेपालीको चालचलन र बानी व्यबहार बाट अन्य कुनै मुलुकको मान्छेले नेपाली यस्तो हुन्छ भनेर भन्न सक्छ ।बिगत केही महिना अघि देखि म कोरियामा बस्दै आएको छु । मिनि नेपाल भनेर चिनिने दोङ्देमुनमा नेपाली लत्ताकपडा, खाना तथा रेस्टुरेन्टहरु प्रशस्त मात्रामा छन् । यहाँ नेपालीहरु पनि त्यतिकै रूपमा बसोबास गर्छन । सायद कोरियामा बस्ने नेपालीहरुलाइ नेपालको न्यास्रो मेटाउनु पर्यो भने दोङ्देमुन भन्दा उत्तम विकल्प अरु हुन् सक्दैन । यहाँको बसाई र नेपालको बसाईमा थोरै भिन्नता लाग्यो र लेख्छु भनेको थिए, आज लेख्ने मौका मिल्यो । नेपालमा भएको भए भाले बासी सक्थ्यो होला, हामी झस्किएर उठ्थ्यौ होला।।।आकाश खुल्न लागि सकेको छ, रात सुनसान छ , सडकमा कुदिरहेका गाडिको आवाज सुन्नी रहेको छ । कोरिया आएको केही दिनमै हल्ला सुनेको थिए, यहाँ विभिन्न जातजाति तथा जिल्लाको संगठन हुन्छ रे । त्यसो त यहाँ सबै खाले जातिजाती र समग्र नेपाल बाट नै मानिसहरु बसोबास गर्छन् । तर विभिन्न वहाना खोलिएका यस्ता संगठनले सुरुमा नेपाल बाट आउनेलाई अप्ठ्यारो पार्न सक्छ । कोरियामा बस्ने इपिएस बाट आउनेलाई भन्दा व्यक्तिगत लागानी बाट कोरिया प्रवेश गर्ने विद्यार्थीलाइ अलिक गार्हो छ, जागीर, बस्ने ठाउँ तथा सबै खाले दैनिक उपभोगिय बस्तु आफै खोज्नु पर्ने हुन्छ । त्यहीँ माथि भाषा प्रमुख समस्या हुन्छ, यस्तोमा जातजात बिचका संगठन र जातीय रुपमा हेरिने दृष्टिकोणले गम्भीर असर गर्छ ।

नाकसन डाडाको उकालोमा निस्क्दै छु । दिनमा अलि व्यस्त देखिने बाटो खाली छ , प्रतीक्षालयमा बसेर गफिने बुढापाकाको अनुहार झल्काउछ यो बाटोले।नेपालमा सहरमा भन्दा गाउँमा बढी जाती वाद चल्छ । त्यसमा पनि शुद्र भनेर चिनिने जातीमाथी अलि बढी हेप्या प्रवृत्ति देखिन्छ । नेपालको संविधानले जातीवाद लाई अग्र स्थान दिएको छ तर विडम्बना जरैबाट निर्मुल हुन सकेको छैन । कोरियामा ब्राह्मण, क्षेत्री, वैश्य वा शुद्रमा त्यति जातिबाद चल्दैन । यहाँ अलि भिन्न खाले जातिबाद देख्न सकिन्छ । जुन जातको संख्या अलि बढी छ त्यो जातले अर्को जातलाइ फरक किसिमको व्यबहार गर्ने तथा आफ्नो जातकोलाई अलि छिटो सहयोग गर्ने गर्छन् । नेपालमा रहदा अरु साथीहरु कस्तो हुन्थे भन्न सकिन्न तर कोरिया प्रवेश पछि सबैको जाती प्रतिको दृष्टिकोण बद्लिने रहेछ । यो लेखबाट स्पष्ट पार्न खोजिएको विषय भनेको हामी जातिबादको कुरा चल्दा आफ्नो व्यक्तिगत धारणा दिने गर्छौं ।

विभिन्न प्रबचन तथा नारा जुलुस गर्न तमतयार रहन्छौ, गर्छौं पनि । तर मन बाट आफू कति सजक र मनै बाट मान्न तयार छौं भन्ने कुरा भुल्छौ । हामी पहिले आफू परिवर्तन भएको हेर्न चाहानौ, अरु बाट त्यो कुराको अपेक्षा राख्छौं । ूकाम भन्दा कुरा ठुला हिड्ने बेला खुट्टा लुलाू गरे पछि परिवर्तन कहाँ बाट हुन् सक्छ स्वम बिचार गर्नुहोस् त ।डेरा नजिकै बसेर मित्र रोशन र मैले सौल टावर हेर्दै, यति नजिक भएर पनि हामी त्यहाँ गएका छैनौं भन्दै गफ लडाउदै थियौं । हामी नजिकैको घरबाट आवाज आयो। पाल्ली नागा  कोरियामा देखिएको वा भोगिएको यो घट्ना सतहमा देखिएको मात्र हो । यस्तो घट्ना सदै जसो जहाँ त्यही घट्ने गर्छन् आफू सचेत बनौं । जात सानो ठुलो, मान्छे कालो गोरो , मोटो पातलो केही हुदैन त्यो हाम्रो आँखाको भ्रम मात्रै हो । आनी चोयिंग डोल्माको गीतमा जस्तैः फूलको आँखामा फूलै संसार, काडाको आँखामा काडै संसारू । परिवर्तन अरु भएको हैन आफू भएको हेर्ने इच्छा राखौं । संसार परिबर्तन सिल परिवर्तन सम्भव छ । लेख लेख्दा लेख्दै फुरुङ उज्यालो भयो बाकी हजुरहरुको हातमा ।यो लेखको लक्ष्य जात वा परिवेशलाई हानी पुर्याउनु नभई समाजको वास्तविक तस्बिर छर्लङ्ग बनाउनु हो,धन्यवाद भरत खत्री  धुर्कोट ३ हाडहाडे  हाल : दक्षिण कोरिया

फेसबुकबाट तपाईको प्रतिक्रिया