कपिलवस्तु प्रहरी बाट एक ट्रक अवैध सेतो केराउ पक्राउ ।

प्रकाशित मिति:

डिलाराम भुसाल  कपिलबस्तु १५ असार  – करिब १५ दिन अघि मात्र कपिलबस्तु जिल्ला मा आएका प्रहरीउपरीक्षक नवराज अधिकारीले जिल्लामा धमाधम अवैध काम गर्ने तस्कर अहिले चुनौति दिएका छन् । खुल्ला सिमानाको फाईदा उठाउदै बेला बेलामा चोरी तस्करी हुने जिल्लाका बिभिन्न नाकाहरुमा प्रहरीले एक्सन चाल्न शुरु गरेपछि तस्करी गैर्नेहरुलाई चुनौति थपिएको छ । अधिकारी कपिलबस्तु जिल््ला प्रवेश गरेसंगै सर्वसाधारण कुट्ने एक वडाध्यक्षका छोरालाई प्रकाउ गरेर कामको सुरुवात गरेका थिए । एसपी अधिकारीले आइतबार भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा एक ट्रक अवैध सेतो केराउ पक्राउ गर्न सफल भएका छन् ।

जिल्लामा सदै जसो केराउको तस्कर भएको कुरा राख्दा अहिले सम्मा केराउको तस्करी, ग्रर्नेहरुलाई स्थानीय प्रशासन ले प्रकाउ ग्रर्ने सकेको थिएन । तर, कपिलवस्तु प्रहरीले अहिलेसम्म यति ठूलो परिाणमा केराउ बरामद गर्न सफल भएको छ ।  यद्यपि एसपी अधिकारीको जिल्ला आगवनसंगै आइतबार ठूलो परिमाणमा केराउ बरामद भएको हो । तर अहिले केराउ खाध्यसामाग्री लगाएत हाडओयर ,इलेक्टिक ,स्टेशनरी कपडा लगाएतका सामाग्रीरीहरु चोरी तस्कर भएको जनताको जनगुनासो आईरहेको बेला जिल््लाको मायादेवी गाउँपालिका ४ चाकरचौडास्थित एक ट्रक सेतो केराउ बरामद गरिएको प्रहरी उपरिक्षक अधिकारीले बताएका छन् । चाकरचौडाबाट पकडी तर्फ आउँदै गरेको लु १ ख ८९५१ नम्बरको ट्रकमा अवैध रुपमा सेतो केराउ चोरी निकासी गरी ल्याउँदै गरेको भन्ने खबरका आधारमा इलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको बताएको छ ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई चेक जाँच गर्दा ट्रक भित्र रहेको ५ सय ३० बोरा अवैध ढंगले कपिलवस्तु भित्राइएको पाइएको प्रहरी उपरिक्षक अधिकारीले बताएका छन् । बरामद गरिएको केराउको मूल््य तेह्र लाख पच्चीस हजार बराबरको रहेको बताएको छ अहिले उक्त ट्रकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुठौली पठाइएको छ । अहिले जिल्लामा मोटरसाईकल मा सवार हेलमेट नलगाएका हरुको लागी पनि कारवाही हुन लागेको छ । पछिल्लो समय जिल्लामा प्रहरीले चोरी तस्करी तथा नदिजन्य प्रद्धार्थहरु दोहोन ग्रर्नेहरुलाई कडा निगरानि बढाए सगै स्थानिय तहका सरकारहरुमा पनि गुनासा कम आउन लागेको बताएको छ ।