जीवन जलका जन्मदाता, जसको यसकारण नेपालसँग छ नजिकको सम्बन्ध

प्रकाशित मिति:

मुकुन्द सुवेदी । फिलाडेन्फिया अमेरिका । नेपालको प्रदेश–२ को प्रादेशिक अस्पताल धनुषामा उपचार नपाएर गत असार ८ गते सोमबार धनुषाको हंसपुर नगरपालिकाका १६ वर्षीय राजु सदाको छटपटिँदा छट्पटिँदै मृत्यु भयो । कोभिड–१९ महामारीका कारण भारतमा रोजगारी गुमाएपछि उनी गत जेठ पहिलो साता पैदल हिँडेर घर फर्केका थिए । क्वारेन्टिनमै झाडा पखलाा लागेपछि उनलाई अस्पताल लगिएको थियो ।स्वास्थ्यकर्मीले कोरोना संक्रमणको आशंकामा उपचार नगरेपछि सदाको मृत्यु भएको आरोप पीडित परिवारको छ । उनले मर्नुअघिसम्म म मर्न लागे मलाई कम्तीमा जीवन जल देउ भन्दै आएका थिए । तर, उनले झाडा पखला लाग्दा एक घुड्की जीवन जल पनि पाएनन् । आम नेपालीहरु झाडा पखला र हैजाको शंका लाग्ने बित्तिकै जीवन जलको प्रयोग गर्छन् । आखिर किन झाडा पखला लाग्दा किन जीवन जल प्रयोग गरिन्छ रु यसको थालनी कसरी भयो रु यसका जन्मदाता को हुन् ? यो विषयमा खासै खोजी भएको छैन । आम मानिसको जीवन बचाउन सहयोगी जीवन जलका जन्मदाता अमेरिकी बैज्ञानिक डा। डेभिड नलेन हुन् । उनी अमेरिकामा भए पनि नेपाल र नेपालीको पलपलमा सम्झना गर्दै रिटायर्ड जीवन बिताइरहेका छन् भन्ने कुरा कमैलाई थाहा छ ।

आफ्नो सुनौलो युवा जीवन दक्षिण एशिया खासगरी नेपाल, भारत, पाकिस्तान, बंगलादेशमा बिताएका थिए । यसका अतिरिक्त एशियाका अरु मुलुक अफ्रिका र दक्षिण अमेरिकाका धेरै वटा अबिकसित देशमा अशिक्षा र गरिबीले पिल्सिएका जनतालाई झाडा पखला, आँऊ र हैजाबाट बचाउन महत्वपूर्ण योगदान पु¥याएका छन् । उनको वेस्टचेष्टरस्थित घरमा त्यति बेला खिचिएका तस्बिर र बिभिन्न मुलुकहले दिएका पदकहरु र दराजमा राखिएका पत्रपत्रिका, पुस्तक र अनुसन्धानमुलक सामाग्रीहरुले भरिभराउ छन् ।

यसरी मिल्यो प्रेरणा संसारको सबैभन्दा महंगो ठाउँ न्युयोर्कको मेनहाटनमा मध्यम वर्गीय परिवारमा जन्मिएका ७९ वर्षीय डा। नलिन कुनै समय अमेरिकी दैनिक पत्रिका न्युयोर्क टाइम्समा समेत काम गरेका थिए । उनी राम्रा पत्रकार पनि हुन् भन्ने कुरा त झन नेपालीहरुलाई थाहा नहुन पनि सक्छ । उनको बाल्यकाल अरुको जस्तै घुमफिर गर्ने, समुन्द्रमा पौडी खेल्ने र माछा मार्ने काममै बित्यो । बुवाको ठूलो औषधी कारखाना थियो भने हजुर बुबा जग्गा व्यवसायी थिए । पछि बुबा आमाकै प्रेरणाबाट डाक्टरी क्षेत्रलाई नै रोजे । उनी डाक्टरी अध्ययन गर्न थाले ।आफ्नो विश्व विद्यालयको डिग्रीको पढाई समाप्त गरेपछि उनी गरिवी र अशिक्षाले पिल्सिएका, सामान्य स्वास्थ्य सेवासमेत नजोडिएका दक्षिण एसियाली मुलुक बंगलादेशको कक्सी बजारतिर लागे । हाल सो स्थान बर्माबाट धपाइएका रोहियन्जा मुसलमान समुदायको आश्रय स्थल बनेको छ ।त्यतिबेला जनताको सेवा गर्न त्यति सजिलो पनि थिएन । आधुनिक जीवनशैली र सुखसयलमा हुर्किएका डा। नलिनका लागि त्यो ठाउँ नौलो मात्र थिएन, अनेकौ अभाव र भाषा संस्कृतिसमेत फरक थियो । तर, उनले त्यहाँको गरिवी, रोक, भोक र पछौटेपन देखेपछि केही न केही परिर्वतन गरेरै छाड्छु भनेर मनमा अठोट गरे ।त्यतिबेला नेपालमा जस्तै त्यहाँ पनि झाडा पखला, आँउँ र हैजाबाट हजारौं मानिस मर्ने गर्थे । पानीको मात्र शरिरमा कमी भएर झाडा पखलाले थलिएर स्थिती अझ भयावह थियो ।

सन् १९६७ मा हार्डवेयर विश्व विद्यालयको मेडिसिन विभागले उनलाई रिसोर्स फेलोको रुपमा बंगलादेश खटाएको थियो । त्यसपछि सरल विधी अर्थात् नुन, चिनी र पानीको समिश्रण गरी जीवन जलको प्रयोग गरी विरामी गाउँलेलाई दिन थाले । त्यसले विरामीहरु पूर्ण रुपमा निको हुन थाले ।कतिपय गाउँलेहरु पराम्परागत थिए । त्यही भएर ‘यो अमेरिकी डाक्टर धर्म परिवर्तन पो गर्न खोज्दै छ की रु’ भन्ने गर्थे । तर उनले त्यस्ता कुराको वास्ता नगरी अघि बढिरहे र राम्रो सफलता प्राप्त गरिछाडे ।पछि उनको त्यो सफल प्रयोगलाई नेपाल, भारत, पाकिस्तान, थाइइल्याण्ड, ओमन, अफ्रिका, ल्याट्रिन अमेरिकादेखि क्युवासम्म अनुशरण गरियो । नेपालमा पनि २०२९ सालदेखि जीवन जल बनाउने कामको थालनी भयो । त्यसबेला शाही औधषि लिमिटडले बनाउन सुरु गरेको हो ।यो क्रममा ती देशका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरे । राजा, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर आफ्नो सफल परीक्षणबारे बेलिविस्तार गरे । ती देशका प्रमुखहरु आफ्नो जनताको स्वास्थ्य राम्रो पार्न सहमत पनि भए ।अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनदेखि भारतीय प्रधानमनत्री स्व। इन्दिरा गान्धी, क्युवाका सर्वमान्य नेता फ्युडल क्यास्ट्रोसम्मलाई आफ्नो जीवन कालमा भेटे । त्यो सफल परीक्षणले गर्दा नै आज संसारभरका एक अर्ब मानिसको जीवन सुरक्षित भएको छ । स्वास्थ्य क्षेत्र सेवामुलक हो । तत्काल जसको प्रतिफल आउँदैन । काम गरिरहनुपर्छ’ उनी भन्छन्, ‘जीवन जल आम मानिसका लागि उपयोगी छ, जसलाई आमा मानिसले झाडा पखाला लाग्दा अनिवार्य खान्छन् ।’

बाच्न पनि पानी-स्वच्छ पानी भएका देशहरू जस्तै क्यानाडा, आइसल्यान्ड जल स्रोतका लागि विश्वकै सबैभन्दा धनी देश हुन् भनिन्छ । सन् २००० मा मात्र पानीजन्य रोग तथा खडेरीबाट २।२ मिलियनभन्दा बढी मानिसहरुको मृत्यु भएको थियो । सन् २००४ मा युके च्यारिटि वाटरएडले रोकथाम गर्न मिल्ने पानीजन्य रोगको कारण प्रत्येक १५ सेकेण्डमा एउटा बालकको मृत्यु हुने गरेको छ । विश्वको जनसंख्याको वृद्धिसँगै खानेपानीको उपलब्धता पनि घटिरहेको छ । खानेपानीको धेरै उत्पादन गरेर, आवश्यकताअनुसार सहि वितरण गरेर र खानेपानीलाई खेर जान नदिएर यसलाई समाधान गर्न सकिन्छ । त्यसमा पनि पानीको अभावमा छटपटिएर मृत्युको मुखमा पुगेका नागरिकका लागि स्वाच्छ पानी आवश्यक छ । ‘त्यतिले मात्रै पुग्दैन, त्यसका लागि जीवन जल नै चाहिन्छ’ उनी निशान न्युजसँग भन्छन्, ‘नेपालीहरुका लागि त झन जीवन जल अत्ति उपयोगी छ । नेपालीहरुको शरीरमा पानीको मात्रा कम छ । किनकी उनीहरु पानी कम खान्छन् ।

यस्तो छ नेपालसँगको साइनो । त्यसै पनि नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एकपटक नेपाल आएपछि जो कोहीलाई पनि नेपाल आउँआउँ लाग्छ । त्यसमा डा। नलिन सफा पानीसँग रमाउन मन पराउँछन् । उनले चाहेजस्तो पानी नेपालमा छ ।उनले झण्डै ४० पटकभन्दा बढी नेपालको भ्रमण गरिसकेका छन् । अझै पनि नेपाल आउने उनको धोको छ । यतिसम्म की नेपाली कला संस्कृतिप्रति पनि उनको लगाव धेरै छ । निकट भविश्यमा नेपाल आर्ट फेष्टिवल गर्ने योजना बनाएका छन् ।७९ वर्षीय डा। नलेन विगतलाई झलझली सम्झिन्छन् । उनले नेपालजस्तो प्राकृतिक स्रोतको धनी दशेलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर कल्पना गरिरहन्छन् ।‘स्वास्थ्य क्षेत्र सेवामुलक हो । तत्काल जसको प्रतिफल आउँदैन । काम गरिरहनुपर्छ’ उनी भन्छन्, ‘जीवन जल आम मानिसका लागि उपयोगी छ, जसलाई आमा मानिसले झाडा पखला लाग्दा अनिवार्य खान्छन् ।’