राष्ट्रिय धान दिवस सोमनाथ माविले धान रोपाई गरेर मनाइयो

१५ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
असार १५ ।
नवलपरासी । पश्चिम नवलपरासी सहीत आज मुलुकमा १७ औ राष्ट्रिय धान दिवस , कोभिड १९ को प्रकोपलाई ध्यानमा राख्दै धान ‘उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि ’ भन्ने नारा सहित मनाइएको छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँने गर्दछन् ।


पश्चिम नवलपरासीको सुनवलमा रहेको सुनवल सोमनाथ माध्यमिक बिद्यालय सुनवल १ सोमनाथले पनि आज राष्ट्रिय धान दिवस धान रोपाइ गरेर मनाएको छ । आयस्रोत बृद्धि गर्ने उदेश्यले बिद्यालयकै झण्डै १५ कठ्ठा जग्गामा धान रोपाई गरेको बिद्यालयका प्रधानाध्यापक रामप्रसाद ढकालले जानकारी दिनुभएको छ । विद्यालयको जग्गामा स्थानिय र अभिभावकसंग धान रोपेर असारे १५ मनाउदा स्थानिय र अभिभावसमेत खुसीले सहयोग गर्नुभएको ढकालले बताउनु भयो । उहाका अनुसार बिद्यालयले असार १५ गते धान रोपाई कार्यक्रम गर्ने जानकारी गराएपछि बिहानै देखि बिउ गोड्न, खनजोत गर्न आउने अभिभावक तथा स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।


धान रोपाई कार्यक्रममा नगर उपप्रमुख दधिराम अर्याल, वडा नं १ का वडाध्यक्ष बिनप्रसाद बुढाथोकि, ४ वडाध्यक्ष बिरबहादुर गुरुङ, कार्यपालिका सदस्य शान्ता भण्डारी, वडा सदस्यहरु मनबहादुर थापा, युद्धजंग जिसी,नगर शिक्षा प्रमुख बिष्णु प्रसाद गोतामे, शिक्षा शाखा अधिकृत पशुपति भट्टराई, बिद्यालय संचालक समितिका अध्यक्ष गौरीशकर चापागाई,अभिभावक संघका अध्यक्ष पे्रम सापकोटा लगायत उपस्थिति रहेको थियो । धान दिवसमा सहभागीहरुले असारे गितमा नाचगान समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया