मायादेवी पैदलपथ निर्माणमा पर्याप्त बजेट नदिएकोमा कृषिमन्त्रि खनालद्धारा असन्तुष्टि व्यक्त

प्रकाशित मिति:

तिलौराकोटको बिकासका लागी आफुले ल्याएको मायादेबी पैदल परिपथको योजनाका लागी प्रयाप्त बजेट बिनीयोजन नगरिएको भन्दै कृषी तथा पशुपंछी बिकास मन्त्री चक्रपाणी खनाल (बलदेव) ले असन्तुष्टी प्रकट गरेका छन । नेपाल पर्यटन पत्रकार महासंघले तौलिहवामा आयोजना गरेको १००० नयाँ गन्तब्य पहिचान र प्रबद्र्धन बिषयक जिल्ला साक्षात्कार कार्यक्रममा नेकपाका प्रभावशाली नेता समेत रहेका मन्त्री बलदेवले व्यङ्गयात्मक शैलीमा सो असन्तुष्टी प्रकट गरेका हुन ।

गौतम बुद्धका पिता राजा शुद्धोधनको राजदरबार रहेको बुद्धस्थल तिलौराकोटको बिकासका लागी तिलौराकोट देखी लुम्बिनी जोडने प्रमुख योजनाको रुपमा मायादेबी पैदल परिपथको योजना ल्याउन खोजे पनि तिलौराकोटलाई पछाडी पार्न खोजिएको भन्दै उनले असन्तुष्टी प्रकट गरेका हुन । सो योजनाको डिपीआर निर्माणका लागी २ करोड बढि रकम चाहिने भए पनि ५० लाख मात्रै बिनीयोजन गरिएको र भौतिक योजना मन्त्री रधुबिर महासेठ सँग पहल गर्दा बल्लबल्ल १ करोड मात्रै थप भएको उनले बताए । “पोखरा तिर २, ४ अरब गएछ । यता कम से कम १ करोड फालिदिएको भए पनि हुन्थ्यो भनेको ल ल मिलाउला भन्नु भएको छ ।” पर्यटनमन्त्री रबिन्द्र अधिकारीलाई लक्षित गर्दै कृषी मन्त्री बलदेबले भने । पर्यटन प्रबद्र्धनका लागी भएका स्थलको बिकास सगै पर्यटक टिक्ने पुर्वाधार बिकासका लागी समेत सबै लागी पर्नु पर्नेमा उनको जोड् थियो । कपिलवस्तुको चाकलचौडा नाकालाई ठुलो भंसारको रुपमा स्तरोन्नती गर्न सके तिलौराकोट आउने पर्यटकको संख्यामा बृद्धि आउने उनले योजना सुनाए ।