स्याङ्जामा पनि देखियो सलह, मार्नेलाई किलोको १००

प्रकाशित मिति:

स्याङजा, स्याङ्जामा पनि सलह किरा देखिएका छन् । आइतबार साँझ कालीगण्डकी गाउँपालिकाका झण्डै ५÷६ ठाउँमा सलह किरा देखिएको कृषि ज्ञान केन्द्र स्याङजाले जनाएको छ । यहाँ आएका किरा हेर्दा सलह नै भएको केन्द्रका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।

ुआइतबार साँझ लाखौंका संख्यामा आएका सलहलाई गाउँलेले ठूलो मुस्लो आउनेगरी आगो बालेर, टिन लगायतका विभिन्न बज्ने सामान बजाएर लखेटे।तर, सोमबार बिहान फेरी सलहको झुण्ड देखा परेको छ,ु कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले भने ।

छापडाँडा, तीउघा, बारीचौर, वागचारी, लिहाद, इन्सिललगायतका क्षेत्रमा लाखौंको संख्यामा सलह आइतबार साँझ देखिए । सोमबहार बिहान बिर्घाको तङलेहा भन्ने ठाउँमा केही झुण्ड आएको र अहिले ती किरालाई लखेट्ने काम भइरहेको कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठले बताए।

सहल पाल्पाहुँदै स्याङजा प्रवेश गरेका हुन् । सलहले खेती नोक्सान पुर्‍याउने हुँदा पालिकाले सहल मार्नेलाई नगद दिने घोषणा गरेको छ । पालिकाले प्रतिकिलोको एक सय रुपैयाँ दिने निर्णय गरेको हो ।

भारतहुँदै पाल्पा आइपुगेको सलह किरा स्याङजाका दक्षिणी भाग गल्याङ, कालीगण्डकी र चापाकोट लगायतका केही स्थानसम्म आइपुग्ने संभावना बढी रहेको केन्द्रका प्रमुख अधिकारीले भने,ु धानका ब्याड र मकै बालीलाई विशेष निगरानी राख्न अनुरोध गर्दै वशेष सतर्कता अपनाउन कृषि प्राविधिकलाई सतर्क गराइएको छ।

@annapurnapost