संसदबाट अनुमोदन भएमात्रै एमसीसी अघि बढ्छ : अमेरिकी दूतावास

प्रकाशित मिति:

काठमाडौं, असार १५ स् नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजना संसदबाट अनुमोदन भएमात्रै अघि बढ्ने बताएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले परियोजना नेपालको संसद्‍बाट अनुमोदन नभएको विषयमा अमेरिका जानकार रहेको बताउँदै परियोजना सधैँका लागि खुला नरहने बताएको छ। नेपालमा एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषय सत्तासीन दल नेकपाभित्रै दुई धार देखिएको छ।

तर, अमेरिकन दूतावासले भने संसदबाट अनुमोदन नभए एमसीसी अघि नबढ्ने स्पष्ट पारेको छ। ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन। यो कार्यक्रमको व्यवहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन्,’ विज्ञप्तिमा भनिएको छ।

दूतावासले दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको र नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको यस ५० करोड डलरको अनुदानलाई अगाडि बढाउन आवश्यक अघिल्लो कदम अनुमोदन भएको बताएको छ।

अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु भएको दूतावासको भनाइ छ। ‘यो सम्झौताका कार्यक्रम विकास गर्न सबै प्रमुख राजनीतिक दलका प्रतिनिधित्व भएका विविध सरकारहरू अन्तर्गत नेपाल सरकार र एमसीसीले सन् २०१२ देखि लगातार सँगै मिलेर काम गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्झौताले विद्युत् प्रशारण पूर्वाधारको निर्माण र सडक मर्मतसम्भारका क्रियाकलाप गरेर २ करोड ३० लाख नेपालीलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्नेछ एमसीसीको सहयोग प्राप्‍त हुने यी परियोजनाहरू नेपालले नेपाली जनतालाई लाभ हुने गरी तीन वर्षको समयावधिमा पहिचान गरी तयार गरेको हो।’

दूतावासले एमसीसी एक कटिबद्ध साझेदार रहेको बताउँदै विश्वभरका झन्डै ३० देशसँग कुल १३ अर्ब बराबरको दसौँ करोडका ३७ वटा अनुदान सम्झौतामा सफलतापूर्वक साझेदारी गरिसकेको बताएको छ। ‘अनुदानले लगानी तथा आर्थिक विकासलाई उत्प्रेरित गरी दसौँ लाख मानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गरेका छन् र साझेदार देशका सार्वभौमिकतामा टेवा पुर्‍याएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘ अनुदानका निम्ति योग्य प्रत्येक देशले दोस्रो अनुदानको लागि आग्रह समेत गरेका छन्। विकास साझेदारका रूपमा एमसीसीको पारदर्शिता पनि विश्वभर परिचित छ र यस वर्ष एससीसीले एक पटक फेरि सहयोग पारदर्शिता सूचकांक ९एड ट्रान्सपरेन्सी इन्डेक्स० मा शीर्ष द्विपक्षीय दाताको स्थान हासिल गरेको छ।’

दूतावासले अमेरिका र नेपालबीचको ७३ वर्ष लामो साझेदारीमा दुवै देशको हित हुने गरी विभिन्न क्षेत्रमा सफल सहकार्य भएको बताउँदै नेपालीको नेतृत्व रहने एमसीसी सम्झौता अन्तर्गतका परियोजनाले आर्थिक वृद्धिका माध्यमबाट गरिबी न्यूनीकरणमा मद्दत गर्ने दाबी गरेको छ।

@kathmandupress