भारतमा टिकटकसहित ५९ एप्लिकेसनमाथि प्रतिबन्ध

प्रकाशित मिति:

काठमाडौँ /भारत सरकारले टिकटकसहित ५९ एप्लिकेसनलाई प्रतिबन्ध लगाएको छ ।चीनमा निर्माण भएको टिकटकसहित अन्य ५९ एप्लिकेसनहरुको डाउनलोडमा रोक लगाइएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।भारत सरकारले सोमबार एक सूचना जारी गरि उक्त निर्णय जानकारी गराएको हो ।

भारतको सार्वभौमिकता र अखण्डतामा आँच ल्याउने किसिमका एप्लिकेसनलाई प्रतिबन्ध लगाइएको भारतीय संचार माध्यमहरूले जनाएका छन् ।भारत-चीनविच सिमा विवाद चर्चिरहेकको समयमा यस्तो निर्णय भएको हो ।प्रतिबन्ध भएका एप्लिकेसनहरूमा टिकटक‚ सेयरइट‚ क्वाइ‚ यूसी ब्राउजर‚ बाइडू म्यापलगायत रहेका छन् ।भारतमा पछिल्लो समय चिनियाँ उत्पादनको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै भारतीय नागरिकहरूले सामाजिक सञ्जालमार्फत चर्को दबाब दिदै आएका थिए ।लुम्बिनी पाटी