दु :खद खबर गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति:

गुल्मी/ गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।जिल्लाको इस्मा गाउँपालिका–२, स्याँलामा ट्याक्टर दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–६ वस्ने अन्दाजी १३ वर्षीय विकास परियार बेपत्ता भएका थिए । उनको शव भेटिएको हो ।

सिमलटारीबाट छल्दी तर्फ जाँदै गरेको लु ३ त ३२६७ नम्बरको टयाक्टर अनियन्त्रित भई ३० मिटर तल खोलामा खसेको सशस्त्र प्रहरी नायब उपरीक्षक बिनोदराज खनालले जानकारी दिए ।खोलामा बाढी आएका कारण उनी बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल, नेपाल नं ३७ गुल्म गुल्मीबाट सशस्त्र प्रहरी निरिक्षक कमलेश कुमार महतोको टोलीले खोलामा शब फेला पारेको खनालले जानकारी दिए ।

सशस्त्र प्रहरीको टोलीले करिव एक घण्टामा परियारको शव खोलाभित्र टयाक्टरको चक्कामुनि फेला परेको थियो ।दुर्घटनामा टयाक्टरका चालक रेसुङ्गा नगरपालिका–१० बस्ने २५ वर्षीय विष्णु परियार घाइते भएर पाल्पामा उपचार गरिरहेका छन् ।अनलाईन खबर