बार्सिलोना र युभेन्टसले खेलाडी साट्दै

प्रकाशित मिति:

काठमाडौं/ स्पेनिस महारथी बार्सिलोना र इटालीयन जायन्ट युभेन्टसले खेलाडी साटफेर गर्ने भएका छन् ।बार्सिलोनाले आफ्ना मिडफिल्डर आर्थरलाई युभेन्टस पठाएर उनको स्थानमा युभेन्ट्सका मिडफिल्डर मिरालेम प्जानिकलाई क्लब भित्र्याउने तयारी गरेको छ ।

६० मिलियन युरो र ५ मिलियन पछि थप्ने क्लबको प्रस्तावमा बोसनियाका प्जानिकले सहमती भएका छन् । सन् २०१६ मा युभेन्टसमा आवद्ध भएका उनले सिरी ए मा २ सय १४ खेल खेलिसकेका छन् ।यता, ६ वर्षको सम्झौताका लागि सन् २०१८ मा बार्सिलोना पुगेका आर्थर भने ७२ मिलियन युरोमा युभेन्टसमा जान सहमत भएका हुन् । उनले पछि थप १० मिलियन युरो पाउने बताइएको छ ।

आर्थर यो सिजनको अन्त्यसम्म बार्सिलोनामा रहने छन् । बार्सिलोनाका प्रशिक्षकले मन नपराएपछि आर्थरले बार्सिलोनामा राम्रो अवसर नपाएको आलोचना भइरहेको छ ।केही दिन अगाडि पनि प्रशिक्षक क्विकी सेटिनको प्रतिक्रियामा आर्थरकी आमाले असन्तुष्टि जनाएकी थिइन् ।खबरहब