राष्ट्रियता र राष्ट्रबाद

१६ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


अनिश कुमार तिवारी । नेपालमा यति बेला राष्ट्रबादको बहस उत्कर्षमा पुगेको छ । बिश्वबिद्यालय देखि लिएर सामान्य चिया पसलसम्म यसै बिषयमा छलफल हुँदैछ । जनता, नेता, कार्यकर्ता तथा प्रधानमन्त्रीले नै आफूलाई ठूलो राष्ट्रबादी दाबी गरेको माहौल छ । बिपक्षी र बिदेशीलाई गाली गरेर राष्ट्रबादी बन्ने प्रयास गरेको पाइन्छ । वास्तवमा राष्ट्रियता र राष्ट्रबाद के हो रु के राष्ट्रबादी बन्न छिमेकी देश भारत चिनलाई गाली गर्ने पर्छ रु के राष्ट्रियता र राष्ट्रबाद जोगाउनको लागि भारत र चिन वा अमेरिका वा अरू देशसंग असमान सन्धि सम्झौता गर्नैपर्छ रु के हामी हाम्रो आन्तरिक समस्या सुल्झाउन, देश बिकास गर्न भारत , चिन वा अमेरिकाको अनुमति र सहयोग चाहिएकै हो रु के हामी भारत र चिनको सहयोग बिना बाच्न सक्दैनौ रु के नेताहरुको कुरामा परेर बिरोध गर्नु नै राष्ट्रियता र राष्ट्रबाद हो रु के भारत र चिन जस्ता राष्ट्रहरू झुठो आरोप लगाएर नेपाल र नेपालीहरुलाई बदनाम गराउन खोज्दा त्यो अपमान सहेर अन्तर्राष्ट्रिय जगतमा आफूमाथि लगाएको झुठो आरोप सही हो भनेर प्रमाणित गर्न मद्दत पुर्याउनु राष्ट्रियता र राष्ट्रबाद हो रु यस्तो कदापि हुन सक्दैन । तर हाम्रो देशका जनता र नेताहरुले साँच्चै राष्ट्रियता र राष्ट्रबादको अर्थ नबुझेका हुन कि बुझेर पनि नबुझेका जस्तो नाटक गरेका हुन् रु

सडकमा उभिएर राष्ट्रबादी राष्ट्रबादी कराउँदैमा कोही राष्ट्रबादी हुदैन । राष्ट्रबादीले आफूलाई राष्ट्रबादी हो भनेर प्रमाणित गर्नु पर्दैन किनकी पृथ्वी नारायण शाह, राजा महेन्द्र, बिपी कोइराला र मदन भण्डारीले आफूलाई राष्ट्रबादी भनेर घोषणा गरेकोले उनीहरुलाई राष्ट्रबादी भनिदैन । उनले गरेको काम साच्चैमा नै राष्ट्रहित र राष्ट्रबादको लागि थियो । त्यसैले उनीहरूलाई जनताले राष्ट्रबादी भन्छन् । यो कुरा चाहिँ अहिलेको नेकपा सरकार र खास गरि प्रधानमन्त्री केपी शर्मा ओलीले बुझ्न आवश्यक छ ।

राष्ट्रियता र राष्ट्रबाद पर्यायवाची शब्द जस्तो लागे पनि यी दुई शब्दको अर्थ फरक हुन तर प्रायः राष्ट्रियता र राष्ट्रबाद एउटै परीप्रेक्षमा प्रयोग भएको पनि हेर्न सकिन्छ । राष्ट्रियताको सन्दर्भमा वीपी कोइरालाले सुन्दर परिभाषा गर्नु भएको छ, ुनिश्चित क्षेत्रमा बस्ने मानिसहरुका बिचमा उपस्थित समस्या समाधान गर्ने प्रयत्न गर्दा उत्पन्न हुने सामुहिक भावना नै राष्ट्रियता हो।ु यहि भावनाले त्यस क्षेत्र अर्थात देश भित्रका मानिसलाइ एक आपसमा जोडदछ। राष्ट्र निर्माणको लागी राष्ट्रियताको भावना जरुरी हुन्छ। राष्ट्रियता कुनै ब्यक्तिको देशसँगको नाता हो। देशको राष्ट्रियता भित्रका मानिसको संरक्षण गर्नु राज्यको दायित्व हुन्छ। ब्यक्तीले राज्यबाट केही अधिकार प्राप्त गर्दछ भने केही कर्तब्य पनि पालन गर्नु पर्दछ।राष्ट्रियता ब्यक्तिको परिचय पनि हो। नेपाली, चिनी, भारतीय आदी। आधुनिक राज्यमा राष्ट्रियता र नागरिकतालाई अलग गर्न सकिदैन तथापी ब्यक्तीको नागरिकता नहुन सक्छ, तर राष्ट्रियता हुन्छ।

राष्ट्रवाद मानिसहरूलाई साझा इतिहास, परम्परा, भाषा, जातीयता या जातिवाद र संस्कृति को आधारमा एकजुट बनाउने आस्था हो। यही आस्थाले गर्दा उनीहरू आफ्नो आत्मनिर्णयको आधारमा आफ्नो सार्वभौमसम्पन्न राष्ट्रको निर्माण गर्दछन् । राष्ट्रवाद एउटा बिचारधारा हो। राष्ट्रवादले प्रत्येक देश स्वतन्त्र, सार्वभौम र स्वशासीत हुन पाउनु पर्दछ भन्ने मान्यता राख्दछ। राष्ट्रवादको बिचार अठारौ शताब्दीबाट शुरू भएको हो। साना साना राष्ट्र राज्यका रुपमा रहेका युरोपका देशहरु ठूला साम्राज्य ईङ्गलैण्ड, पोर्चुगल, इटाली जस्ताबाट शासीत थिए । दोस्रो बिश्वयुद्ध पश्चात स्वतन्त्रता प्राप्त गरेपछि जब एकआपसमा मिलेर ठूला देश बन्ने क्रममा राष्ट्रवादी भावनाको बिकास भयो। बाइसी चौबिसी राज्यमा रहेको हाम्रै देश नेपालको एकिकरण पनि अठारौ शताब्दीबाटनै पृथ्वी नारायण शाहद्वारा शुरु भएको थियो । भुगोल र नागरिक मिलेपछि मात्रै राष्ट्र बन्छ र भुगोल आफैमा राष्ट्र होइन् । भूगोलमा नागरिक अस्तित्व र उपस्थितिले मात्र राष्ट्रवादको खडा हुन्छ । एउटा निश्चित भूगोलप्रतिको नागरिकको निष्ठा र बफादारीता नै राष्ट्रवाद हो ।

सकारात्मक राष्ट्रवादले बिभिन्न जातीय, भाषिक,साँस्कृतीक र धार्मिक समुदायलाइ एकताको सुत्रमा बाध्छ भने नकारात्मक वा अती वा उग्र राष्ट्रवादले दमन, उत्पीडन र हिंसाको कारण बन्दछ । भुगोल र नागरिक राष्ट्रबादको तत्व भएझै नागरिकहरूको पहिचान मतलब जातजाति र उनीहरूले बोल्ने भाषा तथा धर्मसंस्कृति पनि राष्ट्रवादको अर्को महत्त्वपूर्ण तत्त्वहरू हो भन्ने कुरा बिर्सनु हुन्न । यी सब तत्वहरू एउटा निश्चित क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा भावनात्मक सम्बन्ध सृजना गरेको हुन्छ । साँच्चै भन्ने हो मानव सभ्यताको समृद्धिको प्रमुख कारणमध्ये भाषा महत्त्वपूर्ण छ । यसको विकासपछि नै पुर्खाहरूको अनुभव र सीपलाई मानिसले पुस्तान्तरण गर्न सक्यो । नयाँ र अझ नयाँ सभ्यता परिष्कृत र समृद्ध हुदै गयो । पुरानो पुस्ताद्वारा आर्जित, संरक्षित र हस्तान्तरित ज्ञानको माध्यम नै भाषा थियो र विभिन्न समुदायको सम्पत्ति समेत बन्न पुग्यो । तसर्थ भाषा राष्ट्रवादको प्रमुख आधार हो ।

राष्ट्रबादको तत्वहरुको कुरा गर्ने हो भने धेरै तत्वहरू रहेका छन र नागरिकहरूको जीवन अर्को महत्त्वपूर्ण तत्त्व हो । एउटा भूगोलभित्र बसोबास गर्ने नागरिकहरूको बाँच्न पाउने अधिकार र जीवन चलाउने ब्यवस्था सिर्जना गर्ने काम राज्यको हो । क्यअष्ब िऋयलतचबअत त्जभयचथ ले पनि राज्यको निर्माण यसै सर्तको आधारमा भएको हो भन्दछ । कुनै पनि राष्ट्रले आफ्ना नागरिकलाई सजिलै बाँच्न सक्ने ब्यवस्था तर्जुमा गरिदिनु पर्दछ र विकल्पहरू पनि उपलब्ध गराइदिनु पर्छ । यस्तो कुरामा राज्यले उदासीनता देखाउन थाल्यो भने त्यहाँ बलियो राष्ट्रवादको कल्पना नगरे राम्रो हुन्छ । सधैँभरि भोको पेट र नाङ्गो आङले राष्ट्रवादको गीत गाउन नागरिक तयार हुँदैन । उसले आफूमाथि राज्यको दुव्र्यवहार ठान्छ र कहिलेकाहीँ विद्रोह उत्पन्न हुन्छ । यो स्वाभाविक प्रक्रिया हो ।

आफ्ना नागरिकको सन्तुष्टि नझल्कने राष्ट्रवादको भविष्य पनि लामो हुँदैन । गरिबी, जातीय विभेद र असमान आर्थिक वितरण प्रणाली कायमै राखेर अगाडि बढेको राष्ट्र कहिल्यै लोककल्याणकारी हुन सक्तैन । हाम्रो देश सरकार धेरै बन्यो तर जनताको मागहरू सम्बोधन गर्न सकेनन् । त्यसैले नेपालको राजनीतिक द्वन्द्व चरणबद्ध रूपमा अघि बढिरहेको जुन आजको समयमा देखापरेको छ । यहाँका सत्ताधारीहरूले आआफ्नो सुबिधा स्वार्थ पुरा गर्न खोक्रो राष्ट्रबादको नारा लगाए र देशको बिकास र अस्तित्व जोगाउनको सट्टा परिवारवाद र भ्रष्टाचारवादमा फसेका छन् । राष्ट्रप्रति निस्स्वार्थ त्याग र बलिदान गर्नेहरू नै सच्चा राष्ट्रवादी हुन । जसले राष्ट्रिय स्वार्थ र हितको पक्षमा आफ्नो स्वाभिमानलाई स्थापित गरेको हुन्छ । जब राष्ट्रमा विखण्डता, अराजकता, दण्डहिनता, मतभेद उत्पन्न भई देशको अस्तित्वसमेत समाप्त हुन सक्ने अवस्था आउँछ, त्यसबेला राष्ट्रलाई राष्ट्रवादी र देशभक्ति भावनाको आवश्यकता पर्छ । त्यसबेला राष्ट्रवादको भावनाले मात्र राष्ट्रको अस्तित्वको रक्षा गर्न सक्छ । कुनै पनि सत्ता, पद, लालसा र सम्मानमा लिप्त नभई राष्ट्र र जनताका लागि आफ्नोबलिदान गर्नसक्ने निष्ठावान् र आस्थावान् व्यक्ति मात्र सच्चा राष्ट्रवादी हुन सक्छ । तर यहाँ लगाइरहेको राष्ट्रबादी नारा राष्ट्रको जगेर्नाको लागि होइन्, सत्ता जोगाउनको लागि पो रहेछ ।

हाम्रो अस्तित्व न चिनले स्विकार गरेको छ न त भारतले नै । कहिले गौतम बुद्ध भारतमा जन्मिएको हुन भनेर नेपाललाई भारतको राज्य भनेर भन्ने प्रयास भारतले गर्दछ भने कहिले बिश्वको अग्लो हिमाल सगरमाथा चिनको भनेर नेपालको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा गर्छ । त्यति मात्रै होइन हाम्रो देशका सत्ताधारीहरू नै नेपालको अस्तित्वलाई स्वीकार गर्न सकेका छैनन् । यहाँका प्रधानमन्त्रीले ईतिहास बिर्सिएका रहेछन् । उनले बिश्वमा जब युरोपका ठूलाठूला साम्राज्यहरूले अमेरिका, चिन र भारत र अरू धेरै देशहरुलाई उपनिवेश बनाएको थिएँ तब नेपाल मात्रै थियो कि कसैको अधिनमा रहन त्यार मानेनन् बरू ज्यानै गुमाए र ४०५ को ठूलो भूमि गुमाए तर गुलाम बनेन र नेपाल कहिल्यै गुलाम नबनोस भन्ने उद्देश्यले त्यसतो गर्नुपरेको थियो तर सायद यो कुरा अहिलेका कथित र खोक्रो राष्ट्रबादी बन्नेहरू बिर्सेका छन् ।

केपी ओलीले अस्ति भनेका छन् कि मैले राष्ट्रहितको लागि काम गरेको र यो चाहिँ भारतले मन नपरेकोले भारतले मलाई प्रधानमन्त्री पदबाट हताउन प्रयास गर्दैछ तर उनको यो अभिब्यक्तिले नेपालको अस्तित्व माथि शंका गर्ने ठाउँ उत्पन गरेको छ । के नेपाल देश देश नभएर भारतको प्रदेश हो कि भारतका प्रधानमन्त्री चाहेमा केही आरोप लगाइ हताउन सक्छन्रु के प्रधानमन्त्री केपी शर्मा ओलीले यति बर्षदेखि भारतको स्वार्थ पुरा गर्दै आएकोले भारत यति दिनसम्म चुप थियोरु प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले नेपाल साच्चै एउटा स्वतन्त्र राष्ट्र हो कि बिहार जस्तै भारतको एउटा अर्को नयाँ राज्य हो भनेर प्रश्न चिन्ह खडा गरेका छन् रु यतिका दिनसम्म नेपाली जनताले केपी ओली राजिनामा देउ भन्दै आन्दोलन गर्दा र आफ्नै पार्टीका अर्को अध्यक्ष प्रचण्डले सहमति अनुसार अब प्रधानमन्त्री बन्ने पालो मेरो हो भन्दा चाहिँ केपी ओलीलाई कुनै फरक नै परेको देखिन्न तर भारतको नाम सुन्ने वित्तिकै यति शक्तिशाली प्रधानमन्त्री डरले काँपेको अवस्था छ । यो केपी ओलीले भारतको षडयन्त्र सफल हुन्न भनेर जवाफ पनि दिएका छन् भन्ने कुरा अर्को प्रश्न खडा गरेको छ। के केपी ओलीको सरकार नेपाली जनता र सासंदप्रति जवाफदेही छ कि भारत प्रतिरु एउटा कुरा चाहिँ याद राख्नुपर्छ कि यदि कुनै राष्ट्र अरूको अधिनस्त हुन्छ भने त्यो राष्ट्र नै लोप हुन्छ ।

राष्ट्रको हित चाहने र राष्ट्रका नागरिकहरूको अधिकारको रक्षा गर्ने तथा बिना कारण कुनैपनि किसिमको द्वन्द्व उत्पन्न हुन नदिने मान्छे साचो राष्ट्रबादी हो । तर जो जानीजानी र आफ्नो ब्यक्ति स्वार्थ, पद र लालचको लागि जनतामा बिद्रोह उत्पन्न गराउने प्रयास गर्छन् तिनीहरु राष्ट्रबादी नै होइनन् । एउटा सच्चा राष्ट्रबादीले हरेक समुदायलाई एकसातामा लिएर अघि बढ्नुपर्छ र कुनैपनि आधारमा भेदभाव गर्दैन । चाहे भाषाको आधारमा होस् या भुगोल या अनुहारको आधारमा तर नेपालमा कुनैपनि सरकारले मधेसी समुदायलाई र पिछडिएका पहाडीहरूलाई आत्मसात गरेको पाइदैन । एउटा राष्ट्रप्रेमीले राष्ट्रभित्र रहेका हरेक नागरिकको धर्मसंस्कृति तथा भेषभुषालाई सम्मान गर्न सक्नुपर्छ ।

बर्तमान सरकारले आफूलाई राष्ट्रबादी ठानिरहेको छ र बेलाबेलामा राष्ट्रबादी भएको दाबी पनि गर्छ तर गुठी बिध्येक, नागरिकता बिध्येक, एमसीसी बिबाद र अरू धेरै छन् जसले नेपालमा आन्तरिक द्वन्द्वको बाताबरण सृजना छ । यहाँ त गंगा चौधरी जस्तो खोक्रो राष्ट्रबादको मास्क लगाएका पनि धेरै छन् । संबिधानले दिएको अधिकार प्रयोग गरेर सरिता गिरी ले सांसदमा हिन्दी बोल्दा बिबाद किनरु के हाम्रो राष्ट्रबाद र राष्ट्रियता यति कमजोर छ र रु यहाँ हिन्दी बोल्नेलाई घृणाको नजरले हेर्नेहरू आफूलाई खुब राष्ट्रबादी ठान्दो रहेछन् तर एउटा सच्चा राष्ट्रबादीले अर्को भाषाको सम्मान गर्न सक्नुपर्छ । तर नेपालमा चाहिँ साच्चै राष्ट्रबादी देख्न पाइएन किनकी सासंद देखि लिएर केही झोले जनताहरु र अदालतमा बस्ने न्यायधीशहरु पनि खोक्रो राष्ट्रबादी भएकै निस्के । आफूलाई राष्ट्रबादी भन्नुभन्दा पहिला राष्ट्रबाद भनेको के चाहिँ बुझ्न आवश्यक छ । सडकमा उभिएर राष्ट्रबादी राष्ट्रबादी कराउँदैमा कोही राष्ट्रबादी हुदैन । राष्ट्रबादीले आफूलाई राष्ट्रबादी हो भनेर प्रमाणित गर्नु पर्दैन किनकी पृथ्वी नारायण शाह, राजा महेन्द्र, बिपी कोइराला र मदन भण्डारीले आफूलाई राष्ट्रबादी भनेर घोषणा गरेकोले उनीहरुलाई राष्ट्रबादी भनिदैन । उनले गरेको काम साच्चैमा नै राष्ट्रहित र राष्ट्रबादको लागि थियो । त्यसैले उनीहरूलाई जनताले राष्ट्रबादी भन्छन् । यो कुरा चाहिँ अहिलेको नेकपा सरकार र खास गरि प्रधानमन्त्री केपी शर्मा ओलीले बुझ्न आवश्यक छ ।

नेपालमाथि भारतीय नाकाबन्दीले गर्दा भारत बिरोधी रहेको नेपाली जनतालाई राष्ट्रवादी नारा सुनाएर रेल, पानीजहाज, घरघरमा पाइपबाट ग्याँस, कोही भोकै नपर्ने भोकले नमर्ने आदी नाराबाट अत्यधिक बहुमत प्राप्त नेकपाको सरकारका प्रधानमन्त्री केपी ओली सत्तारोहण भएको दुइ वर्ष भयो । राष्ट्रवादी नारा दिने प्रधानमन्त्री साँच्चीकै राष्ट्रबादी भएको भए यी दुई वर्षमा दुख पाएका जनताको दुख कम गरेर र सुख सम्वृद्धीको लागि काम गरेको हुनुपर्ने पर्ने हो तर केपी ओली ज्यूले गर्न सकेनन् जसबाट उनले गरेका कुराहरू चुनाव जित्नको लागि मात्रै थियो जस्तो लाग्छ । संबिधानले दिएको जनताका ब्यक्तीगत स्वतन्त्रता खोस्ने, सरकारका जनबिरोधी र भ्रष्ट कृयालाप उजागर गर्ने सञ्चारमाध्यमलाइ नियन्त्रण गर्ने, सरकारमा रहेका मान्छेहरूले आफ्नो स्वार्थ पुरा गर्न मात्र ऐन संसोधन गर्ने, मन्त्रीपरिषद सदस्यहरुले गरेको भ्रष्टाचारको लागी बार्गेनीङ गर्ने, प्रधानमन्त्री तीनै भ्रष्टाचारी मन्त्री र कर्मचारीको बचाउमा सार्वजनिक रुपमा प्रस्तुत हुने, संवैधानीक संस्थाहरुलाइ कमजोर बनाउने, केही निकटका ब्यबसायीलाइ लाभ पुर्याउन राष्ट्रहित बिपरित भन्सार कर निर्धारण गर्ने, समग्रमा सरकारमा रहेका र सरकार निकटका ब्यक्तीहरुको पूँजी वृद्धी गर्नेतर्फ मात्र सरकारको ध्यान केन्द्रीत भयो।

क्रमागत रुपमा चलिआएका केही बाटो, खानेपानी, सिंचाइका काम, निजी क्षेत्रले उत्पादन गरिदिएका बिद्युत जस्ता सानातिना कामलाई ठूलो प्रगति गरेझै प्रचार गर्ने र तिनैलाइ उपलब्धीमा नगनेकोमा आलोचना गर्दै संचारमाध्यम र विपक्षीलाई सरकार बिरोधी भनेर प्रधानमन्त्रीले दिनचर्या बिताउदै छन् । राष्ट्रिय गौरबका आयोजना भनिएका तामाकोसी, मेलम्ची प्रत्येक ६(६ महिनामा भाका सार्नु नियमितता बनेको छ। बुढीगण्डकी अलपत्र छ। गौतमबुद्ध बिमानस्थल हरेक पर्यटनमन्त्रीको सस्तो लोकप्रीय निर्देशन सिमीत छ। नीजगढमा बनफडानी गरेर आम्दानी गर्ने हतार छ, पर्यावरणीय अध्ययन गरेर सहजताका साथ काम अघी बढाउने कुनै चासो छैन। कुनै पनि दिर्घकालीन योजनामा स्पष्ट दृष्टीकोण र कार्य सञ्चालनको गती छैन। नारा मात्रै राम्रो लगाउने तर काम एउटा पनि राम्रो नगर्ने प्राबृति रहेको छ । रेल र जहाजको नाममा खर्बौ घोटाला गर्ने सरकार राष्ट्रबादी रे । एउटा निर्मला पन्तको बलत्कारी र हत्यारालाई संरक्षण गर्ने सरकार कसरी राष्ट्रबादी र राष्ट्रप्रेमी हुन् सक्छ रु

अहिले कालापानी नक्साको राष्ट्रवाद चलेको छ। भारतले १० वर्ष देखी बाटो निर्माण गर्दै थियो। प्रचण्ड, देउवा, ओली कसैलाइ मतलब भएन। बाटो उद्घाटन अघीसम्म पनि ओलीजीलाई कुनै मतलब थिएन । भारतले कालापानी क्षेत्र आफ्नो नक्सामा समाबेस गरी प्रकासित गर्दा देश भरीबाट आवाज उठ्यो, प्रतीपक्षले भन्यो, संसदले भन्यो तर कसैको सुनेनन् तर प्रधानमन्त्रीको पार्टी भित्र राजिनामाको कुरा चर्कियो तबमात्र प्रधानमन्त्रीको कुर्सी हल्लीयो। अनि ओलीजीको राष्ट्रवाद जाग्यो र लिम्पियाधुरा सहितको नक्सा निति तथा कार्यक्रममा ल्याएर प्रस्तुत गरे अनि पछि सबै दल एकजुट भएर पारित पनि भयो । के ओलीले आफ्नो कुर्सी सुरक्षीत गर्न नक्साको मुद्दा अगाडी बढाएका हुन् रु

अहिले कम्निष्टको सरकार छ र कम्निष्ट मार्क्सवाद, लेनिनवाद र माओवादको सिधान्तमा आधारित छ र यी वादहरुको सिधान्त एकदमै राम्रो छ तर कम्निष्टको सरकारले चाहिँ एउटा पनि राम्रो काम गर्न सकेका छैनन् । सिधान्त राम्रो हुदै मा राम्रो काम गरिन्छ भन्ने कहाँ छ र । यिनीहरु नक्कलि राष्ट्रबादको मास्क लगाएर कर बढाउने र आफै चाहिँ जनताले तिरेको करबाट आफ्ना महङ्गा महङ्गा शौख पुरा गर्दैछन् र जनताले मिहिनेत गरि कमाएर तिरेको कर पचाउन नसकी बिदेशी रक्सी पिएर राती सुत्छन् र जनता चाहिँ भोकभोकै मर्ने स्थिति पैदा गर्छन् ।

कोरोनाले पुरा बिश्वलाई नै प्रभावित गरेको छ । लकडाउन भएको पनि ३ महिनौं भयो । मानिसको जनजिवन ठप्प भएको छ । सडकहरु सुनसान अवस्थामा छन् । उद्योग कलकारखानाहरु सबै बन्द छन् । मानिसहरु जे जहाँ जुन अवस्थामा थियो त्यहि अवस्थामा घरमा थुनिएका छन् । हरेक दिन संक्रमितको संख्या लगभग ५०० को औसतमा बढीरहेको अवस्था छ । कामको सिलसिलामा विदेश गएका ५० औं लाख मानिसहरु अनेक दुःख पीडा सहेर विदेशमा कोरोना महामारीसँग लडिरहेका छन् । कोरोना संक्रमण नभएका मानिसहरु पनि विदेशमा रोजगार विहिन अवस्थामा छन् । कम्पनीका मालिकहरुले धेरैलाई निकालिसकेका छन् । मानिसहरु उपचार नपाएर ज्यान गुमाउन बाध्य छन ।

कोरोनाले भन्दा पनि खाना नपाएर मर्नेहरूको संख्या धेरै छ । बन्दाबन्दीको यो अवधिसम्म हजारौं गरिबहरू खान नपाएर आत्महत्या गरेको छन् । मलर सदा, सूर्यबहादुर तामाङहरु भोकले तडपीएर मरिरहेका छन्। समाचार नबनेका यस्ता कती भोकले मरिसकेका, मरिरहेका होलान। सप्तरीकै राधादेबीको तीन महिने शीशु तीन दिनदेखी दुध चुस्न पाएको छैन। सरकार लाचार भएरै होला टुलुटुलु हेर्नु बाहेक अरु उपाय नै छैन। पहाड र तराइका दलीतहरूका प्राय सबैको अवस्था एकदमै दयनिय छ। सरकार कोरोना नियन्त्रण गर्न दस अर्ब खर्च गरेको भन्छ। तीन तहका सरकार छन तापनि भोकले गरिब जनताहरू मरिरहेका छन र राहतको नाममा पनि भ्रष्टाचार भएकै छ । भोकले मर्न नदिइने संबिधानले ब्यवस्था गरेपनि काजमा नै सिमित देखियो । कोरोनाको कहर देखाएर साधारण रोगीको उपचार नहुदा धेरैले ज्यान गुमाउनु पर्यो। कती अपाहिज बनेको सरकार आरडीटी परिक्षण विश्वासनिय र सुरक्षित नभए पनि आरडीटी टेस्ट गरेर संक्रमण समुदायमा फैलाउँदैछ किनकी आरडीटी परिक्षणले जिउदोमा निगेटिभ देखाए पनि मरेपछि पोजेटिभ देखाउदो रहेछ ।

नागरिकले भोगिरहेका समस्या सरकारले नजरअन्दाज गर्दैछ । रेमिट्यान्स पठाएर देश चलाउन सहयोग गर्ने बिदेशमा रहेका नेपालीलाई यतिवेला सबैभन्दा धेरै आवश्यकता सरकारको छ । साँझबिहान खान परिश्रम गरेर भोक टार्ने श्रमिक वर्गलाई यतिवेला सबैभन्दा धेरै सरकारको सहयोग चाहिएको छ । सिमानामा झोलीझाम्टा बोकेर भोको र थकित अनुहारसहित घर फिर्ने आशामा बसिरहेका नेपालीलाई यतिवेला सरकारको हात चाहिएको छ तर सरकार चुपचाप मौन भई टुलुटुलु तमासा हेरिरहेको छ । उनीहरुलाई राष्ट्रवादको बारेमा सोध्ने हो भने नेपाली भूमीमा सहज तरिकाले आई काम गर्ने वातावरण हुनु हो । अहिले सत्ताधारीहरू यस्तो दयनिय परिस्थितिमा खोक्रो राष्ट्रबादको नारा गाउदै छन् भने जनता रोग र भोकसँग लडिरहेका छन् । यसले राष्ट्रवाद बलियो होइन, झन् कमजोर बनाउँछ । नागरिकमा राष्ट्रर राष्ट्रियताप्रति माया होइन, घृणा जाग्नेछ ।

अहिले खोक्रो राष्ट्रियता र राष्ट्रबाद देखाउनेहरू आफ्ना भक्तजनहरूलाई ललीपप देखाएर सडकमा राष्ट्रबादी भएको ढोङ गर्दैछन् र तीनका भक्तजनहरु भेडा जस्तै पछिपछि हल्ला गर्दै लागेछन् । सरकार र सरकारका समर्थकलाइ नक्साको राष्ट्रवादको गुण गाउनमै ब्यवस्त छन्। हाम्रो माटो, हाम्रो भूमी, हाम्रो स्वाभीमानको हामी सबै नेपालीलाइ माया छ । त्यस्को लागी नेपाली जनताहरुले आफ्ना जीवनको बलिदान दिए, र अहिले पनि बलिदान दिन तयार छन् । तर त्यही नक्सा भित्र बस्ने नेपालीलाइ नदेख्ने, तीनको दुखमा मल्हम नगाउने, भोकभोकै मर्नु पर्ने, बिरामी पर्दा उपचार नपाउने, तीनको पनि हक लाग्ने राष्ट्रीय श्रोत यही मौकामा केही ब्यक्तीले सम्पत्ती थुपार्ने अवसर बन्ने यो कस्तो राष्ट्रवाद हो रु यो देशको भूमी सम्पुर्ण नेपालीको लागी हो कि भूमीको नारा दिएर केही ब्यक्ती, समुहले शानशौकत देखाउनको लागी मात्र हो रु नेपाली जनतालाइ उपेक्षा गर्ने, नागरिकको स्वतन्त्रता खोस्ने, आफ्नो देशमा आउन पाउने नागरिक हकबाट नै बंचित गर्ने, भ्रष्टाचारलाइ मलजल गर्ने, काम गर्न पनि नदिने, खान नपाइ भोकै मर्नु पर्ने राष्ट्रवाद कस्को लागी रु

राष्ट्रियता र राष्ट्रबादको नाममा बिगतमा हाम्रा नेताहरु राष्ट्रघाति र असमान सन्धि गरे र नेपाललाई परनिर्भर बनाए र अहिले पनि पुरानै चलखेल चलिरहेको नै छ सत्ता जोगाउन र पाउनको लागि तर सत्ताधारीहरूलाई नेपाल र नेपालीसंग कुनै मतलब नै रहेनछ । जति सकियो सत्तामा बसियो र भ्रष्टाचार गर्न पाइयो भने सरकारलाई समर्थन गर्ने भइयो तर उनीहरूको यस्तो करतुतले आज नेपालको राष्ट्रिय अखण्डता र अस्तित्व र सार्वभौमसत्ता माथि नै प्रश्न खडा भएको छ । त्यसैले यी नेताहरुले गरेका गल्ती स्वीकार गरेर त्यसलाई सुधार गर्न पहल गर्नु पर्छ र खोक्रो राष्ट्रबादको लगाएको मास्क चाहिँ हटाउन एकदमै जरुरी छ । नत्र नेपाली जनताले खोक्रो राष्ट्रबादको मास्क लगाएर राष्ट्रबादी बनेका हरूलाई खोजीखोजी हिसाब लिनेछन् ।

जे भए नि प्रधानमन्त्रीले चाहिँ अहिलेसम्म एउटै राम्रो काम गरेका छन् । त्यो चाहिँ नक्सा प्रकाशित गरेर र हरेक नेपाली जनता र राजनेताहरु नक्साको मुद्दामा एकजुट छन् । नेपाल सरकारले गत जेठ १५ गते लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटने गरी आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । यो ढिलै भएपनि एकदमै साहसिक कदम हो । नयाँ नक्साले हरेक नेपाली जनतालाई खुसी बनाएको छ । नक्सा त आयो र भूमि पनि ढिलो चाँडो आउने कुरामा हरेक नेपाली आशावादी नै छन् , तर अगाडिको बाटो निकै गम्भीर र चुनौतिपूर्ण छ । यस विवादलाई राजनीतिक र कुटनीतिक माध्यमबाट समाधान गरिनुपर्दछ । सँगसँगै कोरोना समस्याले नीम्त्याउने भोकमरी, वेरोजगारी, औषधो उपचारको अभाव लगायत अनेकौ समस्याबारे आजै आकलन गरी त्यसका समाधानका लागि बाटो खोज्न जरूरी छ । त भन्दा बढी राष्ट्रियता मेरोमा छ र त भन्दा बढी राष्ट्रबादी म छु भनेर भन्नेहरू कदापि राष्ट्रबादी होइन् । त्यसैले राष्ट्रबादीको नाममा झगडा गरेर राष्ट्रियता र राष्ट्रबादको भावना कमजोर नगरौँ । राष्ट्रियता र राष्ट्रबाद देखाउन पहिला यसको भावनालाई बुझ्न आवश्यक छ । पुरा पढ्नु भएकोमा धन्यवाद-अनिश कुमार तिवारी, पर्सा  कानुन अध्ययनरत् बिधार्थी पृथ्वी नारायण क्याम्पस ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया