जनउत्थान सहकारीले शुरु ग¥यो चक्लाबन्दी खेती , प्रति कठ्ठा लागत २ हजार कम

१६ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल, १६ असार । वचत तथा ऋणको कारोबार गर्दै आएको रुपन्देहीको एक सहकारीले सामूहिकरुपमा चक्लाबन्दी खेती शुरु गरेको छ । तिलोत्तमाको जनउत्थान वचत तथा ऋण सहकारी संस्थाले वडा नंं. १४ सुपौलीमा २७ बिघा खेतमा सामूहिक धान खेती शुरु गरेको हो । सुपौली गाउंंमा २ कठ््ठादेखि डेढ बिघासम्म जग्गा भएका सहकारीका ४७ जना सदस्यको खेतमा सहकारीले पहिलोपटक सामूहिक चक्लाबन्दी खेतीको शुरुवात गरेको हो । प्रदेश ५ कै धेरै (१९ हजार ३ सय १७ जना) शेयर सदस्य भएको सहकारीले सुपौलीलाई ‘जनउत्थान कृषि गाउ’ं नै घोषणा गरेको छ । २७ बिघालाई तीनवटा ब्लकमा बांडेर खेती गरिएको छ । सहकारीले ७ बिघामा बिउका लागि धान रोपेको छ ।

परम्परागत ढंगले सामूहिक खेती गर्दा पनि ४० प्रतिशत लागत कम हुने रहेछ,मेसिनबाट सामूहिक खेती गर्ने होभने ७० प्रतिशतसम्म लागत कम हुन्छ’–सहकारीका व्यवस्थापक रनबहादुर थापाले भने–‘ सदस्यहरुलाई यो कुरा बुझाउन ६ महिना समय लाग्यो ।’ सुपौली गाउंमा २ सय ३ परिवारको करिब दुई सय ५० बिघा खेत छ । गाउंका सबै घरधुरीबाट एक जना नछुट्ने गरी ३४५ जना सहकारीका शेयर सदस्य छन् । सहकारीले अर्को वर्ष सिंगो गाउंका सबै परिवारको जग्गामा सामूहिक खेती विस्तार गर्ने लक्ष्य लिएको छ । सामूहिक खेतीलाई प्रवद्र्धन गर्न सहकारीले आगामी ३ वर्षसम्म हरेक वर्ष १५ लाख रुपैयांका दरले खेत जोताई, बिउ, मल र सिंचाईका लागि रकम खर्च गर्नेगरी वजेट छुट्टाएको छ । सामूहिकरुपमा चक्लाबन्दी खेती गर्दा एक्लाएक्लै गर्दाजस्तो मल, बिउ, कामदार र सिंचाईमा समस्या नहुने र उत्पादन पनि बढ्ने कृषि गाउंंका संयोजक मेखराज पुनले बताए । ‘एक्लाएक्लै खेती गर्दा जोत्न, ब्याड राख्न, मल पाउन, पानी सिंचाई गर्न,कामदार खोज्न अलग–अलग समय खर्च र आर्थिक भार, दुःख र झन्झट हुन्थ्यो’–पुनले भने–‘त्यतिमात्र हैन,आपसी झैझगडा र वैमनस्यता समेत हुन्थ्यो,सामूहिक खेती गर्दा कुनै सामाजिक समस्या हुंदैन बरु सबै काम एकैपटक र सामूहिक भावना र सामाजिक एकता कायम हुन्छ ।

सामूहिक रुपमा चक्लाखेती गर्दा प्रति कठ््ठा लागत खर्च कम्तीमा दुई हजार कम हुने अध्ययनबाट पुष्टी भएको सहकारीका व्यवस्थापक थापाले बताए । ‘अलग अलग खेती गर्दा एक कठ््ठाको खर्च झण्डै ५ हजार हुंदोरहेछ, तर सामूहिक गर्दा तीन हजार मात्रै खर्च हुन्छ’–व्यवस्थापक थापाले भने ।  उत्पादित धानलाई एकमुष्ट रुपमा चामल बनाएपछि सदस्यको जग्गाको अनुपातमा वितरण गरिने पुनले बताए । खेती गर्दा श्रम गर्ने सदस्यले ज्याला पाउने र श्रम गर्न नसक्नेले खर्च कटाएर चामल वा रकम लिन पाउने कार्यविधि बनाइएको पुनले स्पष्ट पारे । सहकारीले कृषिसंगै व्यवसायिक तरकारी खेती र पशुपालन पनि गर्ने १० वर्षे कार्ययोजना बनाएको अध्यक्ष ज्ञानु पौड्यालले खुलाइन् । सुपौलीपछि पश्चिम अमुवामा पनि सामूहिक कृषि गर्ने तयारी रहेको उनले बताइन् । सामूहिक खेतीमार्फत उत्पादित खाद्यान्न वा तरकारीको बजारीकरण र विक्रिमा सहकारीले कोटिहवामा सहकारीको कार्यालय परिसरमै विक्रि केन्द्र स्थापना गरेको छ । लकडाउनका बेलादेखि नै सहकारीले आफ्ना सदस्यले उत्पादन गरेका तरकारी बजार मूल्य भन्दा सस्तोमा विक्रि गर्दै आएको छ । ‘हामीले चक्लाबन्दी खेतीमार्फत सहकारी संस्थाले देशकै लागि नमूना काम गर्न सक्छन् भन्ने उदाहरण दिने लक्ष्य लिएका छौं’–अध्यक्ष पौड्यालले भनिन् ।

सामूहिक खेतीको प्रदेश ५ की भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले धान रोपेर उद्घाटन गर्दै वचत तथा ऋणको कारोबार गर्दै आएको सहकारीले कृषि क्षेत्रमा चक्लाबन्दी खेतीको शुरुवात गरेर प्रदेशमै नमूना कामको शुरुवात गरेको औंल्याइन् । प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाले समेत चक्लाबन्दी खेतीलाई प्रोत्साहन गरेको र ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेकाले अब सम्भव भएका सबै जग्गामा चक्लाबन्दी खेती नै गर्नुपर्नेमा उनले जोड दिइन् । प्रदेश सरकारले कम्तीमा १० बिघामा चक्लाबन्दी खेती गर्नेलाई ५० प्रतिशत अनुदान दिने नीति बनाएको छ । एक अर्ब ७७ करोड कूल पूंजी,एक अर्ब ३३ करोड वचत संकलन,एक अर्ब ३६ करोड ऋण लगानी रहेको सहकारीको संस्थागत कोष १२ करोड ६६ लाख रुपैयां रहेको कोषाध्यक्ष सरु रानाले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे