कांग्रेस केन्द्रिय समिती बैठक मंगलबार बस्दै

प्रकाशित मिति:

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने भएको छ । पार्टीले विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन भनेको छ । म‌ंसिर पहिलो साता डाकिएको महासमिति बैठक सर्ने हल्ला चलिरहेकैबीच बस्न लागेको बैठक महत्वपूर्ण भनिएको छ । बैठकमा पार्टीको विधान संशोधनबारे भइरहेको गृहकार्य र भ्रातृ संगठन नेविसंघको महाधिवेशन हुन नसकेको सन्दर्भमा समेत छलफल हुने बताइँदै छ ।