सामुदायिक भवन तथा शंकर तालको डिपीआर निर्माण

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली असार १६, मसुरीया देउखुरी दाङ – राप्ती गाउँपालिका वडा नं ८ मा निर्माण हुनलागेको शंकर सामुदायिक बन र शंकर तालको डिपीआर निर्माण भएको छ । मंगलवार डिपीआर निर्माणको जिम्मा पाएको स्वर्गद्धारी ईन्जिनियरीङ कन्सल्टेन्सी एण्ड कन्ट्रक्सन ले आफ्नो प्रतिवेदन गाउँपालिकामा प्रस्तुत गरेको हो ।

६ विगाहा क्षेत्रमा फैलिएको सामुदायिक बन र शंकर तालको निकटदिनमै निर्माण सुरुवात गर्नको लागि डिपीआर निर्माण गरिएको हो ।
राप्ती गाउँपालिकाको वार्षिक वजेट तथा प्रदेश तथा केन्द्रको समेत रकमले संरचना पुरा गर्ने योजना बनाईएको छ ।वातावरण संरक्षण तथा पार्कको रुपमा विकास गर्न कोहलुवामा शंकर सामुदायिक बन समुहको सामुदायिक भवन र शंकर तालको निर्माण थालिएको वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर रानाले जानकारी दिनुभएको छ ।

स्वर्गद्धारी ईन्जिनियरीङ कन्सल्टेन्सी एण्ड कन्ट्रक्सनको तर्फवाट विजय कुमार राना मगर र प्रविण राना मगरले प्रस्तुत गर्नुभएको डिपीआर अनुसार शंकर सामुदायिक बन समुहको सामुदायिक भवन र शंकर तालको निर्माणका लागि करिव २ करोड बढि रकम लाग्ने भएको छ ।