प्रचण्डले ओलीलाई भने राजीनामा मैले मागेको हो

१६ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मनमुटाव सार्वजनिक रूपमै छताछुल्ल भएको छ। मंगलबार बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने माग गरे। बैठकमा बोल्दै प्रचण्डले पछिल्लो समय ‘भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताए। मदन जयन्तीका दिन तपाईंले भारतविरूद्ध जे भन्नुभयो त्यसले पार्टीको प्रतिष्ठा गिरेको छ,’ प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम गर्न सकिन्न।’

प्रचण्डले ओलीलाई उनको राजीनामा दिल्लीले नभई पार्टीले माग्ने पनि बताएका थिए। यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ। आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्,’ प्रचण्डले बैठकमा भने।प्रचण्डको यस्तो भनाइपछि प्रधानमन्त्री ओलीले नेकपाको पार्टी बैठकमा भएका कुरा र नयाँदिल्लीका मिडियामा आउने कुरा कसरी ठ्याक्कै मिल्छन् त भनेर प्रश्न सोधेका थिए।बैठकमा अन्य नेताहरूले बोल्ने क्रम जारी छ। यसअघि बोलेका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुरमा नेपाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीको आफूलाई हटाउन भारत लागेको छ भन्ने अभिव्यक्ति गम्भीर भएको बताएका थिए। उनीहरू तीनै जनाले पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने माग गरेका थिए। पछिल्लो समय ओली-प्रचण्ड बीचको अविश्वास र तिक्तताले बढिरहेको छ।

‘उहाँहरूबीच विवाद थियो भन्ने जगजाहेरै छ,’ उनले भने, ‘अहिले भने त्यो विवाद व्यक्तित्वको टकराव र तिक्ततामा परिणत भएको छ।यो तिक्तता र टकरावका पछि दुबै अध्यक्षका आ-आफ्नै ब्याख्या छन्।गत मंसिर ४ गते दुई अध्यक्षबीच दुबैले मिलेर पार्टी र सरकार चलाउने सहमति भएको थियो। प्रधानमन्त्री ओलीले संसदको यो अवधिभर सरकारका काममा केन्द्रीत रहने र प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी चलाउने लिखित सहमति दुबै अध्यक्षले गरेका थिए। दुबैले त्यो लिखित सहमतिको साक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखेका थिए।त्यो सहमतिपछि पनि प्रचण्डले सरकारलाई राम्ररी नसघाएको, सार्वजनिक रूपमा सरकारको बचाउ नगरेको, गुटको भेला गरेर आफूविरूद्ध घेराबन्दी गरेको आरोप प्रधानमन्त्री ओलीको छ।@setopati

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे