नेकपा एमाले नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन, प्रचण्डले मागे ओलीसँग जवाफ

१६ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो।

उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा समेत छलफल भएको थियो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले दल दर्ताका लागि नेकपाका नेतारकार्यकर्ताको संलग्नता रहेरनरहेकोबारे आजको स्थायी कमिटीमा छलफल भएको पत्रकारहरूलाई बताए।

‘नयाँ पार्टी नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको छ। यसमा हाम्रो पार्टीको नेता कार्यकर्ताको संलग्न छ कि छैन भनेर छलफल भयो,’ प्रवक्ता श्रेष्ठले भने।

आजको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पार्टी कसले, किन दर्ता गर्न लागेको होरु भनि प्रश्न गरेका थिए।

जवाफका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएका थिए।‘गोपाल किराँतीका माओवादी केन्द्र दर्ता छ त। मैले त यो कसले किन दर्ता गर्‍यो भनेर तपाईंलाई सोधेको छैन’, प्रधानमन्त्रीलाई उदृत गर्दै स्रोतले  बताए।

@setopati

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे