मसँग पनि फिल्म खोसिएका थिए, खुब रुन्थेँ : प्रियंका चोपडा

१६ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, बलिउड अभिनेत्री प्रियंका चोपडाले सुरुआति दिनमा आफूबाट पनि फिल्म खोसिएको बताएकी छन्। फिल्म खोसिँदा खुब रुन गरेको उनले सुनाएकी छन्। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा हाबी परिवारवाद र नातावादका विषयमा चर्चा हुन थालेको छ  |

सुशान्तका प्रशंकले बलिउडमा हुने परिवादका कारण उनले आत्महत्या गरेको भन्दै आलोचना गर्दै आइरहेका छन्।केही बलिउड कलाकारले पनि परिवारवादको विरोध ग रेका छन्। उनीहरु पनि सुशान्तको निधनपछि बोल्न थालेका छन्।
यस्तैमा अभिनेत्री प्रियंकाले पनि बलिउडमा हुने नातावादका विषयमा बोलेकी हुन्। उनले भनेकी छन्, सुरुआतमा मैले खेल्ने तयारी गरेका फिल्म खोसिने गरेका थिए। फिल्म खोसिँदा खबु रुन्थेँ।

परिवारवाद र नातावादकै कारण आफूले खेल्ने तयारी गरेका फिल्म खोसेर अरुलाई दिने गरेको खुलाएकी छन्। जसले गर्दा सुरुआति दिनमा खुब पीडा खेपेको उनले बताएकी छन्।

यससँगै उनको पूरानो भिडियो पनि भाइरल भइरहेको छ। त्यसमा पनि उनले नातावादको विषय उठाएकी थिइन्।

बलिउडमा बाहिरबाट आउन कठिन भएको उनले बताएकी छन्। त्यस्तै, उनले बलिउड हस्तीका छोराछोरीलाई पनि टिकीरहन गाह्रो हुने गरेको बताएकी छन्। उनीहरुले सजिलै फिल्म पाउने भएपनि परिवारको शाख जोगाउने प्रेसर हुने गरेको बताएकी छन्।

@kathmandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…