मनोज कार्की असार १६ गुल्मी -गुल्मीको मालिका गाउँपालिका वडा न ६ अर्जैको कुतलडाडा जन्मिएका गायक सन्तोष केसिको नयाँ तीज गीत बुवा आमा सार्बजनिक भएको छ । सोमबार बजारमा आएको बुबा आमा नामक तिज गित बजारमा सार्बजनिक भएपछि दर्शक स्रोताले निकै मन पराएका छ्न । बजारमा सार्बाजिक भएको गीतमा छोरा बुहारीले आमा र बुबालाई गर्ने ब्याबहारलाई केन्द्रीत गरि बजार ल्याइएको गायक तथा सर्जक सन्तोष केसिले जानाकारी दिए ।
बिगतका बर्षहरुमा बजार पठाउने तीज गीत भन्दा नयाँ र घरपरिवारमा हुने घटनालाइ जस्ताको तस्तै गरि गीत संगीतको माध्यमबाट बाहिर ल्याउन खोजिएको गायक तथा सर्जक केसिले भनाइ छ । समाजमा हुने घटनाहरुलाइ यथार्थ चित्रण गरि गितसंगीत को माध्यमबाट सामाज परिबर्तन गर्ने उदेश्यका साथ गीत बजार पठाएको केसिको बताए ।यति बेला दर्शक तथा स्रोताले माया दिएको चर्चित बुबा आमा नामक गीतमा गायक तथा सर्जक सन्तोष केसी , राधिका हमाल , तृप्ति खड्का र रमेश केसीको सुमधुर आवाजमा बहुप्रतिभाशाली कलाकार सर्जक सन्तोष केसीको शब्द तथा लय सिर्जनामा बजारमा सार्बजनिक भएको गीतमा किरण केसी , लक्ष्मी गिरि , सुरेन्द्र केसी , अन्जु महर्जन , पाल्पासा डंगोल , याम बा। कुवरले अभिनय गरेका छ्न । बजारमा चर्चा कमाइरहेको बुबा आमा गीत सन्तोष केसी – एस एस डिजिटलको आधिकारिक युटुब च्यानल बाट बजारमा आएको छ । गुल्मीका केसिले बिगत लामो समय देखि गित संगीत क्षेत्रमा योगदान दिदै ३ सय भन्दा बढी गीत बजार पठाएका छ्न ।केसिले गाएका सबै गीतमा सामाजिक यथार्थ लाई चित्रण गरेको पाइन्छ।