जसपाद्दारा नवलपरासीमा नगरिकता बिधेयकको बिषयमा बिरोध प्रर्दशन

१६ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
16 Shares


शान्ति तिवारी 
असार १६ । नवलपरासी ।
जनता समाजवादी पार्टी , नेपाल नवलपरासीले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक विभेद्कारी भएको भन्दै त्यसविरूद्ध सदरमुकाम परासीमा बृहत प्रदर्शन गरेको छ । जसपाको पार्टी कार्यालयबाट निस्केको बिरोध र्यालीमा सरकार विरोधी विभिन्न नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगी बुद्धचोकमा कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै जसपाका नेताहरुले जातीय विभेद, सामाजिक तथा सांस्कृतिक विभेद, लैंगिक विभेद र असमानता कायम गर्ने तथा राष्ट्रिय एकता कमजोर पार्ने गरी ल्याएको संशोधन प्रस्ताव आपत्तिजनक रहेको बताएका छन । सरकारले ल्याएको नागरिकता बिद्येयक मधेश बिपरीत रहेको भन्दै नागरीकता बिद्येयक सच्चाउन सरकारलाई आग्रह गरेका थिए ।
राजपाका अध्यक्ष मुकुरजी गिरीले विगतका नागरिकता ऐनमा भएका वैवाहिक अंगीकृत व्यवस्थालाई नै यथावत राखिनुपर्ने माग गर्नुभयो । समाजबादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने , विदेशी ज्वाइँलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जानकारी दिनुभयो ।
कोण सभामा सबिधान सभा सदस्यद्धय चिनक कुर्मी, रामबचन यादव, जसपाका केन्द्रिय सदस्य गोबिन्द चौधरी, सुरेन्द्र पटेल, बिजय अग्रहरी, महेन्द्र गुप्ता, शोभा चौधरी, अमिरुल्लाह मिया लगायतले बोल्दै सरकारले ल्याएको नागरिकता बिद्येयक मधेशी बिरोधी भएको भन्दै नागरिकता बिद्येयक खारेज गर्न माग गरेका थिए । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने निणर्य गरेको छ । समाजवादी पार्टी , नेपाल नवलपरासीले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक विभेद्कारी भएको भन्दै त्यसविरूद्ध सदरमुकाम परासीमा बृहत प्रदर्शन गरेको छ । जसपाको पार्टी कार्यालयबाट निस्केको बिरोध र्यालीमा सरकार विरोधी विभिन्न नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगी बुद्धचोकमा कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै जसपाका नेताहरुले जातीय विभेद, सामाजिक तथा सांस्कृतिक विभेद, लैंगिक विभेद र असमानता कायम गर्ने तथा राष्ट्रिय एकता कमजोर पार्ने गरी ल्याएको संशोधन प्रस्ताव आपत्तिजनक रहेको बताएका छन । सरकारले ल्याएको नागरिकता बिद्येयक मधेश बिपरीत रहेको भन्दै नागरीकता बिद्येयक सच्चाउन सरकारलाई आग्रह गरेका थिए ।
राजपाका अध्यक्ष मुकुरजी गिरीले विगतका नागरिकता ऐनमा भएका वैवाहिक अंगीकृत व्यवस्थालाई नै यथावत राखिनुपर्ने माग गर्नुभयो । समाजबादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने , विदेशी ज्वाइँलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जानकारी दिनुभयो ।
कोण सभामा सबिधान सभा सदस्यद्धय चिनक कुर्मी, रामबचन यादव, जसपाका केन्द्रिय सदस्य गोबिन्द चौधरी, सुरेन्द्र पटेल, बिजय अग्रहरी, महेन्द्र गुप्ता, शोभा चौधरी, अमिरुल्लाह मिया लगायतले बोल्दै सरकारले ल्याएको नागरिकता बिद्येयक मधेशी बिरोधी भएको भन्दै नागरिकता बिद्येयक खारेज गर्न माग गरेका थिए । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने निणर्य गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया