मृतकको शव गेटमा राखेर चिसापानी अस्पतालमा प्रदर्शन

प्रकाशित मिति:

नवलपरासी असार १६
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीको क्वारेन्टाईनमा रहेका एक ४५ बर्षिया पुरुषको ज्यान गएपछि परिवारजन र स्थानियले चिसापानी अस्पताल अगाडि नाराबाजीगरेका छन् । बर्दघाट २ निवासी धन बहादुर पुनको आईतबार लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा ज्यान गएको थियो ।

क्वारेन्टाईनमा रहँदा शनिवार राती पुनको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उनलाई उपचारका लागि वुटवल स्थित लुम्विनी प्रादेशिक अस्पतालमा  लगिएको थियो । भारतको मुम्बईबाट असार १२ गते आएका उनको १३ गते राती स्वास्थयमा समस्या देखिएको थियो ।
उपचारका क्रममा मृत्यु भएपछि उनमा कोरोना भए नभएको परिक्षणका लागि स्वाव संकलन गरी भैरहवा स्थित प्रादेशिक प्रयोगशालामा पठाईएकोमा सोमबार साँझ उनको रिपोर्ट नेगेटिभ आएको थियो । प्रादेशिक अस्पतालले कोरोना नेगेटिभ देखिएपछि मंगलबार ( आज) मात्र मृतकका आफन्तलाई शव जिम्मा लगाएको थियो । अस्पतालबाट शव बुझेर परिवारका सदस्य सिधै बर्दघाट वडा नम्बर २ मा रहेको चिसापानी अस्पतालमा पुगे त्यहाँ चिसापानीका स्थानयहरु जम्मा भैसकेका थिए ।
अस्पताल परिसरमा एकाएक नाराबाजी हुन थाल्यो । चिसापानी अस्पतालका स्वास्थ्यकर्मीकै लापरबाहिले पुनको ज्यान गएको भन्दै परिवारजन र स्थानियले दोषि स्वास्थ्यकर्मीलाई कारबाहिको माग गर्दै नाराबाजी गरिरहेका थिए ।

गत शनिवार राती करिव ११ बजेको समयमा पुनको प्रेसर बढेपछि उनी यता उता छट्पटाउन थाले पछि नजिकै रहेको चिसापानी अस्पतालका स्वास्थ्यकर्मीलाई बोलाईएकोमा कोहिपनि नआएको उनीहरुको भनाई थियो । पटक पटक बोलाउँदा पनि अस्पतालबाट स्वास्थ्यकर्मी नआएपछि छट्पटाईरहेका पुनलाई रातको साढे १२ बजे मात्र एम्बुलेन्स मार्फत बुटवल स्थित लुम्विनी प्रादेशिक अस्पतालमा लगिएको क्वारेन्टाईनमा सेक्युरिटिको रुपमा खटेका शंकर आलेको भनाई छ । ११ बजे नै एम्बुलेन्सलाई खबर गरिए पनि साढे १२ बजे मात्र एम्बुलेन्स आएको आलेले बताए । नत एम्बुलेन्समा अक्सीजनको ब्यबस्था थियो नत स्टेचरनै सवैले झुण्डाउदै धनबहादुरलाई एम्बुलेन्स भित्र राखिएको आलले बताए । उनले स्वास्थ्यकर्मीहरु क्वारेन्टाईनमा रहेकाहरुको स्वास्थ्य जाँच गर्नका लागि आउदै नआउने गरेको समेत बताएका छन् । नत समयमा स्वास्थ्यकर्मी आए नत समयमा एम्बुलेन्सनै आयो राती साढे १२ बजे एम्बुलेन्समा पठाउँदा पनि एम्वुलेन्समा अक्सीजनको समेत ब्यबस्था थिएन समयमै उपचार पाएको भए मेरो भाईको मृत्यु हुने थिएन मृतकका दाई सन पुनले भने ।

 

धनबहादुर भारतबाट आउँदानै अत्यन्त विरामी रहेको र औषधी सेवन गरीरकेको मृतककी श्रीमती जोगमाया पुनले बताईन् । मेरो श्रीमान आउदानै विरामी हुनुहुन्थ्यो १२ गते साँझे झण्डै ५ बजेतिर क्वारेन्टाइनमा आएको र त्यो समयमा धनबहादुर रोईरहेको जोगमाया बताउँछिन् ।  त्यस दिन पनि चेक भएन अर्को दिन पनि चेक गर्न कोई नआएको उनको भनाई छ । विरामी हुँदा समयमा उपचार नपाएका कारण श्रीमानको मृत्य भएको छ उनले रुँदै भनिन् उपचार गर्न नमान्ने डाक्टरलाई कारवाहि हुनुपर्छ ।धनबहादुरले शनिवार साँझ क्वारेन्टाईनबाटै भिडियोकल गरी राम्रै संग कुरा गरेको र छोरा छोरी संग पनि बोलेको जोगमाया बताउँछिन् । राती ११ बजे क्वारेन्टाईनबाट मामालाई प्रेसरले हान्यो मामा त ढल्नुभयो भन्दै क्वारेन्टाईनमा खाना बनाउने भान्जीहरु लिन गएको र त्यसपछि आफु क्वारेन्टाईनमा आएको जोगमाया बताउँछिन् ।  दुई घण्टा सम्म श्रीमान छटपटाईरहँदा डाक्टर नआएको जोगमायाको भनाई छ । अस्पतालकै लापरबाहिले श्रीमानको मृत्यु भएको र अवस्था कमजोर भएको भन्दै दुईवटा बच्चाको पढाईको ब्यबस्था मिलाईनुपर्ने जोगमाया बताउँछिन् ।

 

मृतककी भाउजु रेनु पुनले आफ्नो देवर आउदा नै सिकिस्त विरामी भएको र एमरजेन्सीमै लैजाने अवस्था भए पनि क्वारेन्टाईनमा राख्नुनै गल्ती भएको र डाक्टरले उपचार गर्न नमान्नु ठुलो गल्ती भएको रेनुको भनाई छ । अहिले गल्ती लुकाउने प्रयास भैरहेको छ, दोषि स्वास्थ्यकर्मीलाई कारबाहि नहुन्जेल र दुईवटा बच्चालाई पढाउने विषयमा सहयोग नभए सम्म विरोध जारी रहन्छ रेनुले भनिन् । उनले नगर प्रमुख धिरज शर्मा बस्यालले सहयोग गर्ने आस्वासन दिएको र अस्पतालले सम्बन्धीत स्वास्थ्यकर्मीलाई कारवाहि गर्ने जनाएकोले तत्कालका लागि शव ब्यबस्थापन गर्न राजी भएको रेनुले बताएकि छन् । मृतक धनबहादुरको परम्परा अनुसारनै मंगलबार (आज) नै अन्त्योष्टि गरिएको छ । यता अस्पताल प्रशासनले भने घटनाले आफुहरुलाई दुखित तुल्याएको र तत्कालिन समयमा डिउटिमा रहेका स्वास्थ्यकर्मीलाई कारवाहि प्रकृया सुरु गरिने बताएको छ । चिसापानी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय खनालले तत्कालिन समयमा डिउटीमै रहेका दुईजना स्वास्थ्य कर्मीलाई स्पष्टिकरण सोधिसकिएको बताएका छन् । खनालले प्रकृयागत रुपमा कारवाहि प्रकृयालाई अगाडि बढाउने बताएका छन् । यता बर्दघाट नगरपालिकाका स्वास्थ्य प्रमुख माधव ज्ञवालीले भने उपचारका लागि प्रयास गर्दा गर्दै पनि बचाउन नसकिएको बताएका छन् । भारतबाट आउँदा नै विरामी रहेकालाई किन क्वारेन्टाईनमा राखिएको भन्ने प्रश्नमा ज्ञवालीले उनी विरामी भएको विषयमा परिवार र अरु कसैले पनि जानकारी जानकारी नगराएको बताए । क्वारेन्टाईनमा नियमित स्वास्थ्य जाँच नभएको भन्ने गुनासोको सन्दर्भमा भने त्यसो भएको हुन सक्ने भन्दै स्विकारोक्ती ब्यक्त गरेका थिए । यस अघि पनि क्वारेन्टाईनमा रहनेहरुको स्वास्थ्य जाँचनै नहुनेगरेको गुनासो आईरहेको थियो ।

 

नगरपालकाले चौविसैघण्टा  कम्तिमा एउटा एम्बुलेन्स क्वारेन्टाईन र आईसोलेसन नजिकै राख्नुपर्ने भए पनि त्यसो नगरेको स्थानियको भनाई छ । बर्दघाट नगरपालिकाका आफ्नै ४ वटा एम्बुलेन्स रहेका छन् । चाहिएको समयमा एम्बुलेन्स उपलब्ध हुन नसक्नु दुखद भएको स्थानिय बताउँछन् । एक्बुलेन्समा अक्सीजनको समेत ब्यबस्था नगरिनु नगरको लापरबाहि भएको उनीहरुको भनाई छ ।

 

अस्पताल परिसरमा प्रदर्शन गरेका आफन्त र स्थानियहरुले दोषि स्वास्थ्यकर्मीको नाम सार्वजनिक गर्नुपर्ने र कारबाहि गर्नुपर्ने माग गरिरहेका थिए । स्थानियले अस्पताल प्रशासनको जवाफ चाहिने बताएपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय खनालले विरोधमा उत्रिएका स्थानिय र आफन्तको अगाडि आएर दोषिलाई कारवाहि गरिने बताएका थिए । आफन्तले अस्पतालले लिखित रुपमा नै कारबाहि गर्ने कुरा आफुहरुलाई उपलब्ध गराउनुपर्ने बताएपछि डाक्टर खनालले सम्बनधीत स्वास्थ्यकर्मीलाई लिखित रुपमै स्पष्टिकरण मागिएको बताएका थिए ।

अस्पताल प्रशासनले दोषिलाई कारवाहि गर्ने आस्वासन दिएपछि तत्कालका विरोधमा रहेका आफन्तजन र स्थानियले विरोध कार्यक्रमलाई स्थगित गरेका छन् । उनीहरुले दोषिलाई कारवाहि नगरिए र परिवारलाई सहयोग प्राप्त नभए पुन विरोधमा उत्रिने चेतावनी समेत दिएका छन् । स्रोत दौँतरी fm