कस्तो रहला आज दिनभरको मौसम हेर्नुहोस 

१७ असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
46 Shares


काठमाडौँ/ जल तथा मौसम पुर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ ।मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा मुलुकका अधिकांश स्थानमा बदलीसहित वर्षा भइरहेको महाशाखाले जनाएको हो ।

आज सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।आज दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।देशभर धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक दुइ स्थानमा मेघगर्जनरचट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया