कपिलवस्तु फुटवल सघंको अध्यक्षमा तिलक थापा

प्रकाशित मिति:

कपिलबस्तु १७ असार । कपिलवस्तु फुटवल सघंको अध्यक्षतमा तिलक थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।  बुधबार कपिलवस्तु जिल्लाको चार नम्बर जितपुर बाणगंगा पार्टी प्लेसमा भएकोे प्रस्तावित कपिलवस्तु फुटवल सघंको जिल्ला भेलाबाट तिलक थापाको अध्यक्षतमा नयाँ कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा दिनेश सेन, रविन्द्र सेन र सरोज डफाली, सचिवमा गोविन्द प्रसाद आर्चाय चयन भएका छन्, भने सदस्यहरुमा पंकज सेन, प्रेम राना, दुुर्गा थापा, रमेश मल्ल, झविन्द्र मल्ल, प्रदिप थापा, मैना कुमार थापा, राज कुमार श्रेष्ठ रहेका छन् ।

जिल्ला भेला कार्यक्रमा जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक नारायण अर्याल, बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, अखिल नेपाल फुटवल सघंका उप–महासचिव तथा जिल्ला प्रतिनिधि प्रकाश पंगेनी, केन्द्रिय सदस्य तथा जिल्ला प्रतिनिधि कुमार के.सी, वडा नः १ का वडा अध्यक्ष बाल कुमारी अधिकारी, वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री र जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख मिन प्रसाद पोख्रेलले बोल्दै कपिलबस्तु जिल्लाको विकासमा खेलकुदको महत्वपूर्ण भुमिका रहेको बताउँनुभयो । त्यस्तै कार्यक्रम पछि आजै बसेको पहिलो तदर्थ समितिको पहिलो बैठकले महासचिवमा ईश्वर थापा, कोषाध्यक्ष गणेस बहादु् सिंह ठकुरी र सदस्यहरुमा राजन अर्याल र केशव थापालाई मनोनित गरेको छ ।