घरभाडा छुटका लागि सामुहिक पहलमा जोड

प्रकाशित मिति:

बुटवल, कोरोना संक्रमण नियान्त्रणका लागि सरकारले गरेको
घरभाडा छुट वा मिनाहाका लागि सबैले पहल गर्नु पर्ने कुरामा सरोकारवालाहरूले जोड दिएका छन् ।
लकडाउनबाट व्यापार व्यवसाय ठप्प रहेका र सन्त्रासको बातावारण नहटेको बर्तमान अवस्थामा सरकारी, संघसंस्था तथा व्यक्तिका घरहरु भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरुले लामो समयदेखि व्यवसाय गर्न नसकेको कारण आर्थिक क्षमता र अवस्था हेरेर घरभाडा छुट वा मिनाहाका लागि सबैले पहल गर्नु पर्ने कुरामा जोड दिएका हुन्।
घर बहालमा लिएर व्यवसाय गर्नेहरु अहिले ठूलो मर्कामा परेको निश्कर्ष निकाल्दै उनिहरूले राज्य तथा स्थानिय निकाय जिम्मेवार बनि तत्कालै आर्थिक गतिविधि चलायमान बनाउन लकडाउन अवधिभरको घरबहाल तथा सरकारी कर मिनाहाको पहल गर्नु पर्ने व्यवसायीहरुले माग गरेका छन् ।

विश्वभर फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएपछि सम्पूर्ण आर्थिक कारोवार ठप्प भएकोे हुदा भाडामा सटर तथा अन्य ठूलो व्यावसाय गरिरहेका व्यापारीहरुको व्यापार पनि हुन नसकेको अवस्थामा तत्काललाई लकडाउन अवधिभरको घरभाडा छुट गर्न ब्यवसायिहरूले सरकार र घरधनीहरुसंग आग्रह गरे ।

रुपन्देही व्यापार संघको आयोजनामा बुधवार बुटवलमा भएको छलफल कार्यक्रममा सहभागि विभिन्न संस्थागत प्रतिनिधिहरुले सो आग्रह गरेका हुन् ।

उनीहरुले संस्थागत रुपमा सञ्चालनमा रहेका भवन तथा सटर भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई आपसी समझदारीमा छुटको प्रक्रिया अगाडी बढाएको जानकारी गराउदै नीजि घरमा व्यवसाय गर्नेहरुको हकमा घरभाडा छुट गर्ने विषय समस्याका रुपमा देखिएको गुनासो गरेका थिए ।

कार्यक्रममा सम्पूर्ण नागरिकले सन्त्रासको समयमा एकजुट भएर लड्नुपर्ने र आफ्नो ठाँउबाट मानवताका हिसाबले एक अर्का प्रति गम्भिर रुपमा प्रस्तुत हुनु पर्ने सुझाव समेत उनिहरूले दिए ।
कोरोनाको प्रभाव र नकारात्मक असरबाट सम्पूर्ण व्यापार, व्यवसाय ठप्प भइरहेको अवस्थाले नेपालको सम्पूर्ण अर्थतन्त्र नै तहसनहस हुने अवस्थामा पुगेको हुदा त्यसलाई बचाउनका लागि भएपनि व्यवसाय सञ्चालनमा सहजता ल्याउन राज्य गम्भिर बन्नु पर्ने उनीहरुको सुझाव थियो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आर्चायले कोरोनाले निम्त्याएको समस्या र त्यसले पारिरहेको प्रभावप्रति आफुहरु निकै गम्भिर रहेको बताउदै त्यसको समाधान गरि अर्थतन्त्रलाई चलायमान बनाउन सामुहिक पहल लिन आग्रह गरिन् ।

उजले व्यवसाय सञ्चालन हुन नसके राज्यले राजश्व र कर उठाउन सकिदैन भन्ने कुरामा सचेत रहेको हुदा यस्को दिगो समाधानका लागि नगरपालिकाकातर्फबाट सम्पन्न नगरपरिषदले नया कर छुट तथा अन्य राहातका प्याकेज पारित गरेको जानकारी गराइन् ।

उमप्रमुख आर्चायले विपत्तको बेला अनियमिता गर्नेदेखि घरभाडामा लिने कुरामा विचौलिया प्रवृति व्यवसाय भित्र रहेको हुदा त्यसको नियन्त्रण गर्दै साचो व्यवसायीले व्यवसाय सञ्चालन गर्ने बातावरण बनाउन आग्रह गरिन् ।

कार्यक्रममा रुपन्देही व्यापार संघका निर्वतमान अध्यक्ष पदमप्रसाद श्रेष्ठले निर्वाहमुखी व्यवसाय गर्दै आएका व्यवसायीहरु सरकारी नीति र नियमले प्रताडित भैरहेको अवस्थामा कोरोनाको महामारीबाट थप संकटमा परेको हुदा त्यसको संरक्षणमा तत्काल ध्यान नपुग्ने हो भने बुटवलको वजार विस्थापित हुने मात्र नभई व्यवसाय गर्ने सबै सडकमा भिख माग्न बाध्य हुने भन्दै चिन्ता व्यवक्त गरे ।

उनले भने,‘लकडाउनका कारण पसल बन्दा गर्दा लाखौँको नोक्सान भएकोछ । मर्का परेको छ, व्यापार नभए व्यवसायीले कहाँबाट घरभाडा र लिएको ऋण तिर्ने रु आफूहरुको माग र दुःखप्रति सरोकारवाला गम्भिर नभए हामी मात्र होइन, मुलुकको अर्थतन्त्र नै धाराशाही बन्ने छ ।’

पश्चिम नेपाल बस व्यवसायी प्रा।ली।का अध्यक्ष दधि खरेलले घरभाडाको विषयलाई घरधनी र बहालवालालाई आतंकीत बनाउने गरि अगाडी सार्नु भन्दा दुबैतर्फको समस्याको पहिचान गरि त्यसको उचित निकास निकाल्नु बाञ्छनिय हुने धारणा राखे ।

नेपाल औषधि व्यवसायी संघ, रुपन्देही शाखा अध्यक्ष सुरज भट्टराईले कोरोनाको सन्त्रासका कारण नेपालमा साना मात्र होइन ठूला व्यवसायी समेत बिस्थापित हुने अवस्था सिर्जना भएको बताए । ‘अहिले राज्य तथा स्थानिय निकायले सहज ढंगले व्यवसाय गर्ने बातावरण निमार्ण गर्नुपर्छ । र, घर भाडा समस्यालाई दिर्घकालिन र अल्पकालिन रुपमा समाधानको उपाय कार्यान्वयन गर्न आवश्यक छ ।’–उनले भने ।

कार्यक्रममा कान्ति उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले विद्यालय परिसरमा व्यवसाय गर्ने पसलधनीहरुलाई उहाहरुकै सहमतीमा सटरभाडामा छुट दिएको जानकारी गराउदै कोरोनाले विद्यालय सञ्चालन गर्न नसकिएका कारण शिक्षक र कर्मचारीहरुको सेवासुविधा दिन कठिनाई हुन थालेको गुनासो गरे ।

उनले कोरोनाको सन्त्रासमा घर भाडा छुट दिने विषयलाई दवावका रुपमा नभएर मानवताका हिसाबले निर्णय गराउन सकेमा अपन्त्व महसुस हुने सुझाव दिए ।

कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले कोरोना भाइरसको प्रभावका कारण थप्प बनेको अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसाय सञ्चालन गर्नु जरुरी रहेको हुदा बन्द समयको घरभाडामा छुट दिन सकेमा आर्थिक गतिविधिलाई सार्थक तुल्याउनको लागि मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले बैंक तथा वित्तिय संस्थाहरुले समेत ऋणीहरुसँग लिने ब्याज तथा ऋण उठाउन पनि अहिलेको विपत्तिको अवस्थामा दवाव नदिन आग्रह गरे । उनले भने,‘घरधनी र व्यवसायवालाहरुसंग सरकारले छलफल गरी तत्कालै प्रभावकारी कदम चाल्नुपर्छ ।’

संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक संघका द्वितिय उपाध्यक्ष प्रकाश ढकाल, उजिरहिं माविका अध्यक्ष छवी नेपाल, बुटवल जेसिसका अध्यक्ष राजिव गौतम, नविन औद्योगिक माविका अध्यक्ष कृष्ण खरेल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

@lumbinipati.com