धर्मले मानिसलाई अहिंसावादी बनाउने नेकपाका नेता सापकोटाको कथन

प्रकाशित मिति:

नेकपाका नेता तथा पूर्व बन मन्त्री अग्नी सापकोटाले धर्मले मानिसलाई अहिंसावादी र विवेकशिल बन्न प्ररित गर्ने बताउनु भयो । उहांले आध्यात्ममा लाग्न आवश्यक रहेकोमा पनि जोड दिनु भयो ।
रुपन्देहीको मणिग्राममा आयोजित एक धार्मिक कार्यक्रममा वोल्दै उहाले धार्मिक जिवनको महत्व बुझ्न सहज भएको समेत बताउनुभयो ।

सोहि कार्यक्रममा एक हजार आठ स्वामी विवेकानन्द सरस्वतीले धर्म र जिवनदर्शनको बारेमा प्रवचन दिनुभएको थियो ।
पूर्व सांसद डिलाराम आचार्यले नेपालमा धर्म प्रतिको लगाब धट्दै गएकोले धार्मिक जागरण गर्न निकै आवश्यक रहेको बताउनुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष तोयनारायण सापकोटाले मन्दिरमा कौडन्य क्रृषिको मुक्र्ति राखिने जानकारी दिनुभयो । मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटाले आर्थिक प्रतिवेदन तथा भावी योजनावारे सभालाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा १ कठ्ठा जग्गा दान गर्ने दानविर दाता परिवारलाई सम्मान समेत गरिएको थियो ।