गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्कका सघं-सस्थांहरुलाई दोस्रो पटक शुद्व दुध वितरण।

प्रकाशित मिति:

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ। अबका दिनहरु मा यसै फाउण्डेशनले निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्ने जमर्को गर्दै आज बुधवार, जुलाई १, २०२० मा ७ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए।

रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो। वहाँ ले यसै फाउण्डेशन लाई फेरि ७ प्यालेट्स शुद्व दुध, प्रतेक प्यालेट मा १९२ ग्यालन गरि जम्मा १,३४४ ग्यालन अर्थात् ५०८७ लिटर शुद्व दुध सहयोग स्वरुप प्रधान गर्नु भएको थियो भने विभिन्न संघ-सस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा १० वटा कार लिएर वेरहाउस बाट आफैं उठाउनु भएको थियो।

आज यसै कार्यक्रममा अधिकारलाई यसै सस्थांकी डाईरेक्टर नर्वदा क्षेत्री मार्फत हिजो र आज गरेर २८० ग्यालन दुध, नेपाली अमेरिकन कलाकार संघलाई मेडिया कोओर्डीनेटर पुष्कर बराल र सदस्य मधुर गिरि मार्फत १०० ग्यालन दुध, तमु सोसाईटि-न्युयोर्क लाई यसै संस्थाका सदस्य सिद्वार्थ गुरुङ्ग मार्फत ४० ग्यालन दुध, नुर्वी एसोसिएसन अमेरिकालाई यसै संस्थाका अध्यक्ष पेन्पा जेन्पा मार्फत ६० ग्यालन दुध, युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरलाई यसै संस्थाका अध्यक्ष केशव राम राई मार्फत १०० ग्यालन दुध, लङ आईलेण्ड नेपालीज सोसाइटी लाई यसै फाउण्डेशनका केन्द्रीय सदस्य विनोद थापा मार्फत ४० ग्यालन दुध, नेपाली समुदाय लाई वुद्व पौडेल मार्फत १०० ग्यालन दुध, स्याङजा समाज अमेरिका कि वरिष्ठ उपाध्यक्ष बिमला हमाल श्रेष्ठ मार्फत २० ग्यालन दुध गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले हस्तान्तरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा र केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा खटिएका थिए भने रेखा श्रेष्ठ, नविना श्रेष्ठ, सत्नाम लाल सिहं, कुन्जन पौंडेल लगायतले स्वयमसेवी रुपमा सहयोग गरेका थिए। बाँकी रहेको शुद्व दुध टेस्ट अफ लाहोर रेस्टुरेन्ट की प्रोप्राइटर रेखा श्रेष्ठले रेस्टुरेन्टकै फ्रिज उपलब्ध गराइ भण्डारण गर्न सहयोग गर्नु भयो र भोलि पुनः वितरण गरिने छ।गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन र टेस्ट अफ लाहोर रेस्टुरेन्ट की प्रोप्राइटर रेखा श्रेष्ठ लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।