अमेरिका जनसम्पर्क समिति को स्थापना र नेतृत्व

सोमनाथ घीमीरे

प्रकाशित मिति:

सोमनाथ घीमीरे

सन १९९६ को अन्तः तिर म अमेरिका आऊदा सायद गनेर १४० १५० जना नेपालीहरु थिए होलान न्युयोर्कमा मिर्दुला कोइराला दिदि भिनाज्यू भान्जा र भान्जि सगै बस्थे अनी साइडमा दिदिको साईनिगं स्टार अमेरिकन रेस्टुरेन्ट म्यानहाटन मा बस बोय को काम सुरु गरे र सगंसगै लगार्डिया कलेज मा पनि अध्यन गर्न सुरु गरियो र क्विन्स कलेज बाट ग्रयाजुयेसन गरे यसै बिच सन १९९८ को जुन तिर आन्नद बिष्ट सगं रेस्टुरेन्ट मा भेटघाट र परिचय भयो र सगै काम गर्न थाले घनिष्ठता बडदै गयो मैले आनन्द लाई कलेज लगेर पढ्नका लागी प्रोतसाहन पनि गरेकै हो। हामि दुई मिलेर सबै कार्यहरु प्राय सगै गर्दथ्यौं ।
अब आयो जनसम्पर्क अमेरिकाको कुरा सन १९९९ को दशैमा आदरणिय मेरा राजनितिक गुरुआमा शैलजा आचार्य तत्कालिन उपप्रधानमन्त्री संयुक्त राष्ट्र सघंको महासभा मा भाग लिने क्रममा मृदुला दिदिकै एपार्टमेन्ट मा दशै मनाउने अबसर मिल्र्यो र शैलजा दिदि कै निर्देशन अनुसार अमेरिका मा जनसम्पर्क समिति सुरु गर्नु सोमु तपाईं हरु मिलेर, बि पि बावु ले भारत मा जनसम्पर्क को स्थपना गरेको स्मरण गराउदै भन्नु भयो । म शैलजा दिदिको चुनाव झेत्र मोरगं ७ मा चुनाब ताका अरोहत्र खटेर काम गरेकोले मुल्याकंन भएकोमा मलाई ठुलो हौसला प्राप्त भयो। मैले कांग्रेसका अग्रज र मेरा साथिहरुसग सरसल्लाह गरे । त्यसै क्रममा दाजु बिजय सिग्देल जो कृष्ण प्रसाद भट्टराइ किसुनजि का सल्लाहकार सग भेटभयो र हामी दुबै भाईलाई सल्लाह दिनु भयो जनसम्पर्क अमेरिका कसरि सुरु गर्ने भनेर अमेरीकी कानुन को दायरा भित्र रहेर काम गर्नु पर्छ भन्नु भयो बिजय दाइले । उहांकै सल्लाह अनुसार मेरो नाम र सोसयल नं मा नेपालिज डेमोक्रेटिक युथ काउन्सिल ईन यु एस ए दर्ता गरे दिस्मबर २२, २००० मा र ३१ वटा इस्टेटमा संयोजक सहित आनन्द बिष्टको अध्यक्षता र म महासचिब को  Ad-Hoc  कमिटिले १ बर्ष भित्र अधिवेशन गर्न सहमति भयो। यसै क्रममा हामिले बिभिन्न कार्यक्रम जारि राख्यौं र नेपालि कांग्रेसपार्टी ले यस सस्थांलाई शेलजा दिदि र शोभाकर पराजुलि दाइ को पहलमा http://www.ndycusa.org वेवाईट पार्टी को वेवसाईट मा राखियो। वेव साईट मैले आफै बनाएको थिए र यो मेरो पढाइ को बिषय पनि थियो । प्रसङ्ग यसै बिचमा बिपिन उप्रेतिका बुवा अदरणिय बिश्वाज उप्रेति जसले बिपि बावुको शवमा दागवत्ति दिनुभएको एक ऐतिहासिक व्यक्तित्व सगं भेट्ने मौका रेस्टुरेन्ट मा मिल्र्याे र उहाँले धेरै राजनितिक पाठ पढाउनु भयो जुन आज पनि अविस्मरणीय छ र उहा प्रति श्रद्वासुमन ।
शाहि कदम बिरुद jUN / Washington DC मा बिरोध कार्यक्रम गर्यो यस सस्थांले । हामि सबै मिलि कार्यक्रम सफल बनायौ ।
२ बर्ष भईसक्यो र अब यस सस्थांको अधिवेसन गर्नु पर्ने भएकोले सजंय पराजुलिको घर मा मिटिगं बसेको १० दिन पछि आफै कोठे बैठक बाट नयाँ कार्यमिति घोषणा गरे । गैर राजनितिक र गैर प्रजातान्त्रिक पद्वति हावि भएकोले मैले बस्ने कुनै उचित ठानिन ।
यसै दौंरान ने वि सघंका तत्कालीन महामन्त्री गगन थापा ले जनवरि २००० मा मलाई अमेरिका र क्यनाडा को संयोजक तोकेर पठाउनु भएको थियो र म लगार्डिया कलेज को नेपालि युथ क्लब को सस्थापक सभापति भए र २ वटा भव्य कार्यक्रम गरे एउटा बिबिध नेपाली सास्क्रिंतिक कार्यक्रम र अर्को तत्तकालिन प्रधानमन्त्री शेर बां देउवाज्यु सगं अन्तरक्रिया कार्यक्रम, कलेजकै हलमा सम्पन्न भयो ।
त्यसपछि कता कता वाट सुरेन्द्र देवकोटा दाई सगं भेट भयो र वहाँ को छुट्टै ईतिहास पार्टी प्रति भएको ले मलाई वहाँ सगं काम गर्न आकर्षित बनायो र प्रतिबध्दता जनाए।
नेपालि जनसम्पर्क समिति अमेरिकाको एतिहासिक प्रथम अधिबेशन हार्टफोर्ड मा सफलता पुर्वक सम्पन्न भयो र सस्थांपक सभापति सुरेन्द्र देवकोटा चुनिनु भयो र म न्युयोर्क च्याप्टर को सस्थांपक सभापति भएर एतिहासिक कार्यालय स्थापना गरेर सामाजिक र राजनैतिक कार्यक्रम गर्दै ४ बर्ष पुरा गरेऔं ।
मेरो नजर मा नेतृत्व गर्नेले प्रजातन्त्र को मुल्य र मान्यता, बिधि बिधान र पारदर्शीता लाई उच्च कदर र नजर गर्दै अगि बड्यौं भने समाज र संस्था बलियो हुनेछ । जय नेपाल ।

 

(लेखक सोमनाथ घिमीरे नेपाली जनसम्पर्क समीती न्युर्योक च्याप्टरको संस्थापक सभापती हुनुहुन्छ )