वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला 

प्रकाशित मिति:

काठमाडौं १८ असार । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति रिइन्ट्री दिन थालेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए । कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काम काम जान दिन अनुमति दिन थालएकिो हो । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।

कोभिड(१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् । काठमाडौंमा बिहीबारबाटै र उपत्यका बाहरिका प्रदेश श्रम कार्यालयबाट आइतबारदेखि सेवा दिन थालिनेछ ।

काठमाडौंको ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा सेवाग्रही लाइन बस्दा समाजिक दूरी कायम हुने गरी चिन्हरु कोरिसकिएको छ । अवस्था हेरेर श्रम मन्त्रालयले नयाा जाने कामदारको हकमा पनि निर्णय गर्न सक्नेछ ।सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन ७ गतेसम्म बन्द गरेको छ । विभागका महानिर्देशक दाहाल जानैपर्ने अवस्थामा कामदारहरु अनुमति लिएर नेपालबाट उद्धार उडानका लागि जाने विमानमा जानसक्ने बताउँछन् ।कसरी जाने भन्ने कामदारहरुको कुरा हो, हामीले श्रम स्वीकृति खुलायौं ।