संयुक्त बिद्यार्थी सगंठनले नवलपरासीका सबै पालिकामा ज्ञापन पत्र बुझाउने

प्रकाशित मिति:

शान्ति तिवारी
असार १८ गते
नवलपरासी । संयुक्त बिधार्थी सगंठनको दोश्रो बैठक बसि दोश्रो चरणको कार्यक्रमहरुको घोषणा गरेका छन् । दोस्रो चरणको कार्यक्रम अन्तर्गत जिल्ला रहेका सातै वटा स्थानिय सरकारलाई ज्ञापन पत्र बुझाउने भएको नेपाल विद्यार्थि संघका निर्वतमान अध्यक्ष राजन भण्डारीले सवल नेपाललाई जानकारी दिनु भयो । उहाका अनुसार विहीवार देखी नै कार्यक्रमको सुरुवाद गरीएको र सुरुवादीको रुपमा सरावल गाउपालिकामा ज्ञापन पत्र बुझाइएको छ ।


ज्ञापन पत्रमा अहीलेको परीस्थितिमा सामुदायीक र निजी विद्यालयहरुले कुनै पनि नाउमा शुल्क असुल्न नहुने, र विद्यालयका सवारी साधनको नविकारण र विमा गरेको हुनुपर्ने र अनुमति नलिई कक्षा सञ्चालन गर्न नहुने लगायतका विषयहरु ज्ञापन पत्रमा समेष्टिएको अनेरास्ववियूका जिल्ला संयोजक सुशान्त घिमिरेले बताउनु भयो ।


बैठकमा नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष राजन भण्डारि , अनेरास्ववियूका जिल्ला अध्यक्ष शुसान्त शर्मा घिमिरे, क्रान्तिकारीका प्रज्वल, जनता समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य व्यासमुनि यादव र जिल्ला अध्यक्ष अशोक कुमार गुप्ता लगायतको सहभागी रहेको थियो ।