अमेरिकामा एकै दिन ५२ हजारभन्दा बढीलाई कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ५२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ५२ हजार ३४१ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ३२ हजार २९४ पुगेको छ । शुक्रबार बिहानसम्म १ लाख ३१ हजार ४०६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६०८ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ११ लाख ८५ हजार १९४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख १५ हजार ६९४ जनामध्ये १५ हजार ८९७ जनाको अवस्था गम्भीर रहेको छ ।