म्यानचेस्टर सिटीसँग लिभरपुलको लज्जास्पद हार

१९ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
27 Shares


काठमाडौं / इंग्लिस प्रिमियर लिग फुटबल यस सिजनको उपाधि विजेता लिभरपुलले म्यानचेस्टर सिटीसँग लज्जास्पद हार बेहोरेको छ ।ईतिहाद स्टेडियममा गएराति भएको खेलमा साविक विजेता सिटीले लिभरपुललाई ४–० ले हराएको छ ।

सिटीको जीतमा केभिन डी ब्रुईनी, रहिम स्टर्लिङ, फिल फोडिनले एक एक गोल गरे । सिटीले एक आत्मघाति उपहार पाएको थियो ।गत साता चेल्सीले म्यान्चेष्टर सिटीलाई हराएपछि उपाधि जीतेको लिभरपुलको यो हार सिजनकै सबैभन्दा लज्जास्पद हो ।जीतसँगै दोस्रो स्थानको सिटीले ६६ अंक बनाएको छ । उपाधि जीतिसकेको लिभरपुलको ८६ अंक छ ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया