अमेरिकाको टेक्सासमा मास्कको प्रयोग अनिवार्य

प्रकाशित मिति:

काठमाडौं / अमेरिकाको टेक्सास राज्यमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएको टेक्सासमा मास्क प्रयोग नगर्नेलाई २५० डलर जरिवाना तिराइने त्यहाँका गभर्नर ग्रेग एबोटले चेतावनी दिएका छन् ।

कोरोना भाइरसको महामारी तीब्र गतिमा फैलिरहेको टेक्सासमा २५४ काउन्टीमध्ये अधिकांशमा २० भन्दा बढी संक्रमित देखिएका छन् ।टेक्सामा गएको बुधबार एकै दिन ८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।अमेरिकाका ५० राज्य मध्ये सबैभन्दा थोरै संक्रमण देखिएपछि २८ दिनपछि लकडाउन हटाइएलगत्तै संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमित बढेपछि त्यहाँ पुनः लकडाउन सुरू गरिएको छ ।खबरहब