अशोक गिरीको अध्यक्षतामा माल्टामा गुल्मी सेवा समाज गठन

प्रकाशित मिति:

बैदेशिक रोजगारीको शिलसिलामा युरोपेली मुलुक माल्टामा रहेका गुल्मेलीहरूको भेलाले गुल्मी सेवा समाज माल्टा गठन गरेको छ। माल्टामा रही बिभिन्न पेशा, व्यवसाय र रोजगारीमा आवद्ध हुनुभएका गुल्मेली दाजुभाइ तथा दिदी बहिनीहरूको भेलाले उक्त समिति गठन गरेको हो।भेलाले अशोक गिरीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ। जसको उपाध्यक्षमा दिपक भण्डारी, उपाध्यक्ष शंकर भण्डारी, महिला उपाध्यक्ष सविता ज्ञवाली, सचिव राम प्रसाद भण्डारी, सह सचिव हरि खरेल, कोषाध्यक्ष अर्जुन कनौजे, सह कोषाध्यक्ष दिपक गौतमलाई मनोनित गरिएको छ।

सदस्यहरूमा अन्जु गौतम,लालु गिरी, शुशिल खत्री , युवराज भट्टराई खिमानन्द खरेल, प्रकाश थापा, श्रीराम अर्याल, केशव भण्डारी रहनु भएको छ। त्यस्तै सल्लाहकारहरूमा सल्लाहकार संयोजक राजु अर्याल, सल्लाहकार सदस्य बिष्णु गौतम, सल्लाहकार-सदस्य रेमलाल खरेल, सल्लाहकार सदस्य भुवन अर्याल, सल्लाहकार-सदस्य तोय नारायण पङ्गेनी रहनु भएको छ।