कञ्चन नदीमा पौडी खेल्न गएका १७ बर्षिय युवालाई बाढीले बगायो

प्रकाशित मिति:

१९ असार,कञ्चन । रुपन्देहीको कञ्चन गाउपालिका वार्ड नं।४ स्थित कञ्चन नदिमा १७ बर्षिय युवा डुबरे बेपत्ता भएका छन। कञ्चन नदिको ढावा किनारमा पौडी खेल्ने क्रममा कञ्चन ४ प्रगतिचोक बस्ने टेक बहादुर थापाको १७ बर्षिय छोरा अर्जुन थापालाई नदीले बगाएर बेपत्ता भएको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।

एञ्जल थापा,यमु थापा,समीर थापा,उमेश पुन,सन्तोष बराल,विशाल घर्ति र निल अजय आले अर्जुन थापा लगायत स्थानिय युवाहरु दिउस करिब १२ बजेको समयमा पौडी खेल्न गएको र पौडी खेल्नेक्रममा अर्जुन थापालाई करिव १स्३० बजेको समयमा नदीमा आएको बाढीले एक्कासी बगाएर बेपत्ता भएको र निजको खोजी कार्य भैरहेको स्थानिय तथा पुर्व वडा अध्यक्ष गिर बहादुर थापाले जानकारी दिएका छन।
नदीमा बाढीको बहाव ठुलो भएको र बेपत्ता भएका थापाको खोजी कार्य गर्न गाह्रो भैरहेको इलाका प्रहरी कार्यलय रुद्रपुरले जानकारी दिएको छ।नदीले बगाएका थापालाई खोज्न स्थानियहरु सुर्यपुराको दानव नदीको किनार सम्म पुगेका छन।