सुनवलमा थप ९ जनामा कोरोना पुष्टि

प्रकाशित मिति:
 असार १९

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणका क्रममा एक महिला र ८ जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेमा वडा नम्बर १ कि १५ वर्षिय बालीका छन् भने वडा नम्बर ८ का ४८ र ३८ वर्षिय दुई जना पुरुष छन् । यस्तै वडा नम्बर १२ मा पनि १७ र २५ वर्षका दुई जनामा संक्रमण पुष्टि भएको छ यस्तै वडा नम्बर ३ का २३ वर्ष, वडा नम्बर ६ का २२ वर्ष, वडा नम्बर ७ का ३४ वर्ष र वडा नबर ९ का २३ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको ढकालले जानकारी दिनुभयो ।

आज ९० जनाको रिपोर्ट आएकोमा ९ जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ । सुनवल बाट १ सय ६८ जनाको स्वाब संकलन गरि परिक्षणका लागी पठाईएको थियो । यस संगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको सङख्या ९४ पुगेको छ । त्यस मध्ये सुनवलमा मात्रै ४१ जना संक्रमित भेटिएका छन् । हाल सम्म पश्चिम नवलपरासीका सबै स्थानिय तह मध्ये सुनवलमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।