पत्रकार थापालाई घुम्टे पत्रकारिता पुरस्कार प्रदान

२० असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
31 Shares


कौरव खत्री/बागलुङ गलकोट नगरपालिका बागलुङको सातौं नगर सभामा पत्रकार थापा सम्मान गरिएको छ ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापालाई गलकोट नगरपालिकाले २०७४ सालमा स्थापना गरिएको घुम्टे पत्रकारिता पुरस्कार २०७७ बाट सातौं नगर सभामा पत्रकार थापालाई सम्मान गरिएको हो ।

साथै विगत वि.सं २०६५ सालदेखि बागलुङको गलकोट क्षेत्रबाट निरन्तर रुपमा पत्रकारितामा कलम चलाउँदै आएका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार २०७७ प्रदान गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।नगरपालिकाले नगर सभाको अवसरमा प्रत्येक वर्ष १ जना उत्कृष्ट पत्रकारलाई नगद रु २० हजार र सम्मान पत्र सहित सम्मान गर्दै आइरहेको नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिइन ।

पत्रकारिता क्षेत्रमा थप प्रोत्साहन गर्दै जिम्मेवारी बन्न प्रेरित गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको गलकोट नगरपालिकाले जनाएको छ । पत्रकार थापाले सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा निरन्तर कलम चलाउँदै आएका छन् । थापाले विभिन्न सञ्चार माध्यममा बागलुङ बाट रिपोर्टिङ गर्दै आइरहेका छन् ।गलकोट नगरपालिकाका कार्यक्रमहरु सञ्चारमाध्यम मार्फत आम जनसमुदायमा खबर पु¥याउन अतुलनीय योगदान पुयाउने १ जना पत्रकारलाई सम्मान गर्ने उद्देश्य अनुरुप गलकोट नगरपालिकाले घुम्टे पत्रकारिता पुरस्कार स्थापना गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।गलकोट नगरपालिका वडा नं २ नरेठाटीको सभाहलमा आयोजित भएको सातौं नगर सभा आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट पास गर्दै सम्पन्न भएको छ ।नगर सभामा गलकोट नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सञ्चारकर्मीहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया