डायनामिक र किस इन्टरटेन्टमेन्ट रिलोडेडको रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल / द डायनामिक फेसन स्टाइल र किस इन्टरटेन्टमेन्टको आयोजनामा रक्तसंचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको रक्तसंचार केन्द्र बुटवलले जनाएको छ ।कोरोना भाइरसको प्रभाव का बीच बढ्दो गर्मीको कारणले अस्पतालहरुमा बिमारीको चाप बढेर ब्लड बैंकमा रगतको अभाव हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अयोजकले जनाएको छ ।

नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीेको प्रमुख आथित्यतामा गरिएको कार्यक्रममा द डाइनामिक फेसन स्टाइलका पब्लिक रिलेसन म्यानेजर गणेश बस्यालको स्वागत मन्तव्य, किस इन्टरटेन्टमेन्टका रुपन्देही जिल्ला प्रमुख श्रेयान आचार्यको संयोजकत्व र संचालन द डाइनामिक फेसन स्टाइलका अध्यक्ष तथा सि।ई।ओ। सौरभ रेग्मीको अध्यक्षता रहेको थियो ।

कार्यक्रमको सह-आयोजको रुपमा निल डेविड युनिसेक्स शैलुन रहेको थियो । पहिलो पटक रक्तदान गरिएको भएपनि आगामी दिनहरुमा अन्य विभिन्न सहयोगका कार्यहरु सञ्चालन गरिने पनि आयोजकले जानकारी दिएको छ ।