गोरखाका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु

प्रकाशित मिति:

काठमाडौं / गोरखा पालुङटारका कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ ।पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ५स्०५ बजे मृत्यु भएको गोरखा अस्पतालले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले जारी गरेको बिज्ञप्तिअनुसार मृतक पुरूषमा गोरखा अस्पतालमा उपचाररत अवस्थामा शुक्रबार राति ९स्५५ बजे कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।मधुमेहबाट पीडित उनलाई निमोनिया देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिँएकोमा उपचारका क्रमा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।खबरहब