बुद्ध सामुदायिक टेलिभिजनको आयोजनामा महाकवि देवकोटाको साहित्यीक क्षेत्रको चर्चा

प्रकाशित मिति:

महाकवि लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्य क्षेत्रमा पु¥याएको योगदानको आज बुद्ध सामुदायिक टेलिभिजनले आयोजना गरेको एक कार्यक्रममा बोल्ने साहित्यकारहरुले चर्चा गरेका छन । लक्ष्मी प्रसाद देवकोटाले सिर्जना गरेका रचनाहरु संग तुलना गर्न मिल्ने खाले साहित्यक रचना सिर्जना गर्ने साहित्यकारको अझै कमी भएको उनिहरुले बताएका छन । बुद्ध सामुदायिक टेलिभिजनले देवकोटाको १ सय १० औं जन्म जयन्तिको पुर्व अवसरमा आयोजित महाकवि देवकोटा विषयक विचार गोष्ठी तथा रचना वाचन कार्यक्रममा बोल्ने साहित्यकारले उक्त कुरा बताएका हुन ।
बुटवल बहुमुखी क्यम्पसका उप प्रध्ययापक सालिकराम पौडेलले देवकोटाको जीवनी चर्चा गर्दै सानै उमेरमा साहित्य साधनामा लागेका देवकोटाले आफु सधै अभाव र दुखमा हुदा पनि नेपाली साहित्यमा योगदान पुराएको बताउँनु भयो । प्रध्ययापक डा. हिराण्डेलाल ज्ञवालीले देवकोटाको व्यक्तित्व तथा बुटवल बहुमुखि क्यम्पसका सह प्रध्ययापक ऋिषीराम भूसालले देवकोटाको कृतित्वको बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनि वाङ्मय प्रतिस्ठानका केन्दिय अध्यक्ष हिमलाल ज्ञवालीले समाज परिर्वतन गर्न प्राज्ञकहरुको योगदान महत्वपूर्ण हुने भएकाले सम्पूर्ण प्राज्ञक व्यक्तीहरु अग्रसर हुनु पर्ने बताउनुभयो ।
सो अवसरमा वरिष्ठ साहित्यकार वनमारि निराकारले देवकोटाका कृती पुराना बन्दै जादा पनि समय सापेक्षीत नै भएको र साहित्यमा आउने नयां सहित्यकारलाई पनि मार्गदर्शन गरेको बताउनुभयो । सहित्यकार जङ्ग बहादुर शाहले वर्षमा एक दिए विचार गोष्ठी गर्नु भन्दा देवकोटाका प्रकासनमा आउन नसकेका कृतीहरुलाई संघ सस्थाको पलमा प्रकासनमा ल्याउनु पर्ने सुझव दिनुभएको थियो । बुद्ध सामुदायिक टेलीभिजनका अध्यक्ष पृथ्वी बहादुर फौंदारले महाकवि लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यमा पुराएको योगदानलाई सबै नेपाली सम्झनु पर्ने बताउँदै उँहाको सम्झनामा टेलिभिजनले कार्यक्रमको आयोजना गरेको जानकारी दिनु भयो ।
कार्यक्रममा कथाकार रुद्र ज्ञवाली, गगां अभिलाषि, खगेन्द्र वस्याल, कृष्ण गाँउले, सुशिल सापकोटा, घनश्यम विक लगाएतका साहित्यकारहरुले रचना वाचन गर्नु गर्नु भएको थियो । कार्यक्रम बुद्ध टेलिभिजनका कार्यकारी अधिकृत विष्णु प्रसाद भूसालको स्वागत तथा कार्यक्रम संयोजक खेमराज रेग्मीको संचालनमा सम्पन्न भएके थियो ।