शितगंगा नगरपालिका वडा१२ द्धारा किसान हरुलाइ उत्पादनका आधारमा अनुदान बितरण

प्रकाशित मिति:

अराज बेल्बासे । शितगंगा नगरपालिका वाड नं १२ ल वडाका किसानहरु लाई उत्पादनका आधारमा अनुदान बितरण गरेको छ । वडामा रहेका बिभिन्न किसानहरुले बर्ष भरिमा उत्पादन गरि बिक्री गरेको दुधको आधारमा प्रतिलिटर २ रुपिया अनुदान बितरण गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिनु भयो । वडामा उत्पादन भएको दुध यस अघि बिक्रीमा समेत समस्या रहेकोमा अहिले सहकारी मार्फत गाँउ बाटै खरिद गर्न थाले पछि गाई तथा भौसी पाल्ने कृषक समेत बढेको वडा अध्यक्ष गैरेले जानकारी दिनु भयो । वडाबाट यो बर्ष सहकारी मार्फत ३८१८५ लिटर दुध बिक्री भएको छ जसको आधारमा किसानहरुलाई प्रत्यक्ष रुपमा प्रतिलिटर रु २ का दरले ७६३७० रुपिया प्रदान गरिएको हो । यसरी रकम प्राप्त गर्ने मध्ये स्थानिय नुमकला पोख्रेलले ६५७३ लिटर दुध बिक्री गर्दै सबै भन्दा बढी १३१४४ रुपिया अनुदान प्राप्त गर्नु भएको छ ।

वडामा रहेका २५ जना किसानले अनुदान स्वरुप ७६३७० रुपिया प्राप्त गरेका छन । बिक्री गरेको पैसा बाहेक यसरी स्थानिय तहले प्रदान गरेको सहयोगले थप हौसला प्रदान भएको अनुदान प्राप्त गर्ने किसानहरुले बताएका छन किसान प्रत्यक्ष फाइदामा पर्ने यस्तो खाल्को कार्यक्रम सञ्चादन गरेको मा उनिहरुले वडा अध्यक्ष बाबुराम गैरेको समेत प्रशसा गरेका छन ।  यस्तै वडा नम्बर १२ले वडामा रहेका ९ जना स्वास्थ स्वयमसेबिकाहरु लाई दराज , छाता तथा झोला बितरण गरेको छ । जनाको स्वास्थ सेवाको लागि अहोरात्र खटने स्वयमसेबिकाहरु लाई प्रोत्साहन गर्न सामाग्री बितरण गरिएको वडा अध्यक्ष गैरेले जानकारी दिनु भयो ।कोरोनाको महामारीको समयमा तथा बिभिन्न खोप सञ्चालन र डाटा सकंलनमा समेत स्वयमसेबिकाहरु बिभिन्न स्थानमा खटिरहेका छन । वडा का बिभिन्न कार्यक्रम तथा गतिबिधीका निस्वार्थ रुपमा खटने स्वयमसेबिकाको लागि वडाले सामाग्री बितरण गरेको हो ।

यस्तै वडामा रहेका स्वयमसेविकाहरुले बन्दको समयमा डाटा बुझाउन लामो यात्रा पैदल हिड्नु परेकोले वडामै बुझाउने ब्यवस्था मिलाउन नगर प्रमुख सुर्य प्रसाद अधिकारी सँग अनुरोध गरेका थिए । यस्तै वडा नम्बर ज्ञद्द मा २५ वटा गोठ सुधारका कार्यक्रम यो बर्ष सम्पन्न भएको गैरेले जानकारी दिनु भयो यस्तै युवा कल्वलाई बिभिन्न खेल सामाग्री बितरण गरिएको छ भने बिद्यालय सुधार कार्यक्रम अन्तरगत वडाका ८ वटा बिद्यालयहरुलाई स्टील दराज ,कम्प्युटर, प्रिन्टर, इहाजिर मेसिन, पानी फिल्टर, ३० थान स्टील टिफिन लगायतका सामाग्री बितरण गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नगर प्रमुख सुर्य प्रसाद अधिकारीले स्थानिय जनताको करबाटै उपल्बधी हुने यस्ता कार्यक्रममा प्रत्यक्ष किसानले फाइदा लिन सक्नु पर्ने बताउनु भयो । बिकासका धेरै योजना भए पनि कोरोना माहामारी , असिना लगायतका माहामारीले शितगंगाको बिकासमा असर पारेको बताउनु भयो । नगरपालिकाको बजेट मध्ये बाटो मर्मतमा धेरै खर्च गर्नु पर्ने बाध्यताले अन्य बिकासमा बजेट सोचेजति ब्यवस्थापन हुन नसकेको बताउनु भयो प्रदेश सरकार र केन्द्र सरकारले प्राप्त बजेट नपठाउने र अन्तिम समयमा पठाउने पर्दा बजेट फिरिज हुने समस्या समेत रहेको नगर प्रमुख अधिकारीले बताउनु भयो । नगरपालिकाले यस अघि पनि उत्पादनमा आधारित रहेर मासुमा समेत अनुदान बितरण गरेको बताउदै अब उत्पादनको आधारमा कृषकलाई अनुदान दिने ब्यवस्था नगरपालिकाले गर्न थालेको बताउनु भयो ।