वालिङ काठमाडौं सम्पर्क समितिद्वारा एक लाख प्रदान

२० असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
19 Shares


तोलाकान्त बगाले – वालिङ, २० असार । वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङ काठमाडौं सम्पर्क समितिले एक लाख एक हजार एकसय ११ नगद प्रदान गरेको छ । वालिङ नगरपालिकामा घर भई काठमाडौंमा बसोबास गर्दै आउनुभएका वालिङ काठमाडौं सम्पर्क समितिद्वारा रकम संकलन गरी नगरपालिकाको राहत कोषमा उपलब्ध गराईएको समितिका कोषाध्यक्ष कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।

विश्व समुदाय कोभिड १९ को महामारीसँग जुधिरहेको बेला वालिङ नगरपालिकाले कोभिड १९ को ब्यवस्थापनका लागि स्थापना गरेको राहत कोषमा रकम जम्मा गरिएको कोषाध्यक्ष पंगेनीले बताउनुभयो । कोभिड १९ बिरुद्धको नगरपालिकाको अभियानमा वालिङ काठमाडौं समितिले रकम उपलब्ध गराएर ठूलो सहयोग पु¥याएकोमा धन्यवाद ब्यक्त गर्नुहुँदै प्राप्त रकमको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म नगद तथा जिन्सी गरी झण्डै ६१ लाख संकलन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने
  • रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै
  • ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने
  • कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल