चाडपर्वमा अबान्छित गतिबिधि गर्ने छुट कसैलाइ नहुने प्रहरी नायव महानिरिक्षक अधिकारीको भनाई

प्रकाशित मिति:

प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पिताम्बर अधिकारीले चाडपर्वमा अबान्छित गतिबिधि गर्ने छुट कसैलाइ नहुने बताएका छन् । उनले तिहार छठ नेपालसम्बत जस्ता चार्डपर्वको मौकामा संगठित अपराध गर्नेहरु कानुनी कठघरमा ल्याएरै छाड्ने ठोकुवा गरे । रिपोर्टर्स क्लव प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । उनले सुरक्षा बिना बिकास सम्भब नभएको प्रष्ट गर्दै नेपाल प्रहरीले समग्र नागरिकको सहकार्य चाहेको बताए । पटका ल्याउन,बेच्न,पट्काउन केहि गर्न पनि पाइदैन,यो ५ दिनको अबधिमा २ लाख २७ हजार ५ सय १७ मुल्यको बराबरको पटका बरामद गरेका छौं ।’ पक्राउ परेकाहरुलाइ बिस्पोटक पदार्थ सम्बन्धि मुद्धा दर्ता भैसकेको उनले बताए । प्रदेश ५ मा ५० लाख जनसंख्याको लािग १० हजार प्रहरी मात्रै रहेको भन्दै यो संख्या थोरै भएकाले समयसापेक्ष बनाउनुपर्ने बताए । शान्ति सुरक्षा र अपराध नियन्त्रणको काम र कर्तब्यमा कोहिपनि बिचलित हुनुहुन्न,कहिकतै अबान्छित घटना हुन नदिने उँहाले बताउनु भयो ।

प्रदेश न ५ मा ठूला ब्यापारिक नाका रहेको भन्दै उनले सडकमा हुने अराजकता पनि रोक्ने प्रतिबद्धता जनाए । ‘सीमा क्षेत्रबाट ठूला ठूला ट्रक पनि छोप्यौं ओभरलोड बोक्ने नियन्त्रणमा राखेका छौं ,सडकमा कानुनको खिल्ली उठाउने कसैलाइ अधिकार छैन ।’ उनले प्रदेश ५ मा ट्राफिक ब्यबस्थापनमा नया ठोस योजनामा नया नियम ल्याउदै गरेको समेत जानकारी दिए । उपमहानगरहरुमा नो हर्न एरिया तोक्ने र स्पीड नियन्त्रण गर्ने अभियान केहि दिनमा शुरु हुने उनको भनाइ छ । यो प्रदेशमा मुख्य गरि लागु औषध ,सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रुपमा छन् ,हामीले यस्लाइ न्युनिकरणतर्फ रणनीति नै बनाएर लागेका छौं ।’ साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षतामा र कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको हो ।