कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको विरोध

२० असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


२० असार, गोरखा । कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएका छन् ।

जिल्ला सुरक्षा समितिको बैठकले पालुङटार नगरपालिका(७ का ४४ वर्षीय पुरुषको गोरखा नगरपालिका(१२ र शहीद लखन गाउँपालिका(१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको हो । तर स्थानीयले त्यस क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने भन्दै विरोध गरेका छन् ।
स्थानीयसँग पनि आवश्यक छलफल र समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । साथै, गोरखा अस्पतालमा रहेको शव एम्बुलेन्समार्फत लाने तयारी भइरहेको छ ।

असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।

@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया