बेपत्ता युवकको शव फेला

२० असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
35 Shares


असार २० । पौडी खेल्ने क्रममा शुक्रबार दिउंसो खोलामा डुबेर बेपत्ता भएका एक किशोरको शव शनिवार मध्याह्न फेला परेको छ । शुक्रबार रूपन्देहीको कञ्चन खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका कञ्चन गाउपालिका वडा ४ निवासी १७ वर्षिय अर्जुन थापा मृत अवस्थामा फेला परेका हुन् ।

साथीहरूसंग पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका उनको पौडी खेलेको ठाउं भन्दा एक किलोमिटर दक्षिण तर्फ पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया