जनजाति महासंघ अमेरिका फिप्नाले नेपालमा राहत सहयोग गर्ने

प्रकाशित मिति:

फिलाडेन्फिया अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले नेपालका विभिन्न जिल्लाहरुमा खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्ने भएको छ । फिप्नाले उपत्यका बाहिरका दलित तथा सिल्पी, सीमात्कृत, अति विपन्न समुदाय र सुकुम्बासी क्षेत्रहरूलाई प्राथमितामा राखेर राहत वितरण गर्ने जनाएको छ । फिप्नाले धनकुटा, सिरहा, मकवानपुर, दैलेख लागयतका जिल्लामा खाद्यन्न वितरण गर्ने भएको छ ।

फिप्नाले काठमाडौं उपत्यकाभित्रका पशुपति क्षेत्र, रत्नपार्क, नयाँ बसपार्क, हनुमानढोका परिसर तथा विभिन्न बुद्धाश्रम तथा अनाथालयहरूमा विभिन्न सामाग्री वितरण गर्ने र १० दिनसम्म निःशुल्क खाना खुवाउने भएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए । एक पटकमा ३ सय जनालाई स्वस्थ खाना वितरण गरिने छ । पहिलो चरणमा असार २१ गते देखी २९ गते सम्म काठमाडौं उपत्यकाका अनाथालय, बृद्धबृद्वा, सडक तथा असाहाय बालबालिका, घरबार विहीन, बटुवा र मजदुरलाई लक्षित गरी राहत वितरण गरिने छ ।यसअघि नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले मार्च महिनादेखि जुन महिनासम्म कोरोना भाईरसको केन्द्रविन्दु बनेको न्यूयोर्कमा फिप्नाले संस्थागत रूपमा टाईनल, माक्स, ग्लब्स तथा हेण्ड सेनिटाईजर ठूलो मात्रामा गरेको थियो ।